Techie IT
बुधबार, जेठ १,२०८२

हेटौँडाको मेयरमा १७ जनाले गराए उम्मेदवारी दर्ता


हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि १७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलको तर्फबाट १२ जना र स्वतन्त्र ५ जना गरी १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले बताए । आइतबार ७ जनाले उम्मेदवारी दर्ता गराएका थिए भने सोमबार १० जनाले उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए ।

हेटौँडाको मेयरको लागि गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) को तर्फबाट मीनाकुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्दप्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दिपा लामाले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौलाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै स्वतन्त्रबाट कविराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएको बताइएको छ ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:13 am6:46 pm +0545