खोटाङ साकेला गाउँपालिकाको अध्यक्षमा चार जनाको उम्मेदवारी
खोटाङ । खोटाङको साकेला गाउँपालिकाको अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको मनोनयन दर्ता भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा अर्जुनकुमार खड्का र उपाध्यक्षमा बिर्सिका राई, कांग्रेसबाट अध्यक्षमा रबिप्रकाश राई र उपाध्यक्षमा सरिता खड्काको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै, एमालेबाट अध्यक्षमा गोपीकृष्ण खड्का र उपाध्यक्षमा दिलकुमारी राई, मंगोल नेशनल अर्गनाइजेसनबाट अध्यक्षमा कवि राई र जसपाबाट जयकुमार राईको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रकातर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष चुनिएका अर्जुनकुमार दोश्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।
कांग्रेसका अध्यक्षका उम्मेदवार राई २०७० सालको संविधान सभा सदस्यका उम्मेदवार हुन् । उनी हाल संघीय महाधिवेशन प्रतिनिधि छन् । साकेला गाउँपालिकामा पाँच वडा छन् ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्