नेपाली सेनाले गर्यो कङ्गोमा १२ किलोमिटर सडक निर्माण
काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ ।
गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते सम्मान गरी कङ्गोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले शुभारम्भ गरेको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त अवसरमा सहभागी अधिकारीहरुले नेपाली शान्ति सेना गुल्मद्वारा मर्मत गरिएको लिता गाउँको फुटबल मैदानको समेत निरीक्षण गरेको थियो ।
द्वन्द्वग्रस्त मुलुकमा तैनाथ सेनाले आफ्नो अपरेशनको जिम्मेवारीका अलावा स्थानीय समुदाय लक्षित जनहितकारी कार्यले स्थानीय र शान्ति सैनिकबीच विश्वासको वातावरण सिर्जना भई सम्बन्ध प्रगाढ हुने नेपाली सेनाले विश्वास लिएको छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्