Techie IT
बिहीबार, जेठ ९,२०८२

पुनः चुनाव लड्न काठमाडौंका ११६ जनप्रतिनिधिले दिए राजिनामा


काठमाडौं । काठमाडौं महानगरपालिकामा ११६ जना जनप्रतिनिधिले राजिनामा दिएका छन् । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका उनीहरूले हाल बहाल रहेको पदबाट राजिनामा दिएका हुन् ।

आइतबार ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजिनामा दिएका छन् भने ८७ वडा सदस्यहरूले पनि आइतबार नै राजिनामा दिएको कमपाको सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिए ।

स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्नका लागि सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजिनामा दिएको निस्सा बुझाउनुपर्ने कानूनी मान्यताअनुसार जनप्रतिनिधिले राजिनामा दिएका छन् ।

काठमाडौंको वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षबाट राजिनामा आउन बाँकी छ । भोलिसम्म उम्मेदवारी दर्ता गर्ने समय बाँकी रहेकाले अरु जनप्रतिनीधिबाट राजीनामा आउन सक्ने कामपाको भनाइ छ । निर्वाचनमा उमेदवारी नदिने हो भने राजिनामा दिनुपर्ने छैन । कामपामा प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधि छन् ।


क्याटेगोरी : स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Mostly Cloudy
5:09 am6:50 pm +0545