पुनः चुनाव लड्न काठमाडौंका ११६ जनप्रतिनिधिले दिए राजिनामा
काठमाडौं । काठमाडौं महानगरपालिकामा ११६ जना जनप्रतिनिधिले राजिनामा दिएका छन् । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका उनीहरूले हाल बहाल रहेको पदबाट राजिनामा दिएका हुन् ।
आइतबार ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजिनामा दिएका छन् भने ८७ वडा सदस्यहरूले पनि आइतबार नै राजिनामा दिएको कमपाको सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिए ।
स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्नका लागि सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजिनामा दिएको निस्सा बुझाउनुपर्ने कानूनी मान्यताअनुसार जनप्रतिनिधिले राजिनामा दिएका छन् ।
काठमाडौंको वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षबाट राजिनामा आउन बाँकी छ । भोलिसम्म उम्मेदवारी दर्ता गर्ने समय बाँकी रहेकाले अरु जनप्रतिनीधिबाट राजीनामा आउन सक्ने कामपाको भनाइ छ । निर्वाचनमा उमेदवारी नदिने हो भने राजिनामा दिनुपर्ने छैन । कामपामा प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधि छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्