यस्तो छ अछाममा टुंगो लागेका एमालेका उम्मेदवारको नामावली
अछाम । अछाममा नेकपा एमालेले उम्मेदवारको टुङ्गो लगाएको छ। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलसैन नगरपालिकाको प्रमुखमा पुनः पदमबहादुर बोहरा र उपप्रमुखमा संगीता रावल सोडारीलाई छनोट गरेको छ । साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवरलाई छनोट गरिएको छ भने उपप्रमुखको नाम भने टुंगो लाग्न बाकी नै छ ।
कमलबजार नगरपालिकाको प्रमुखमा कटक साउद र उपप्रमुखमा शारदा बिष्टलाई छनोट गरेको छ। पञ्चदेवल नगरपालिकाको प्रमुखमा कमलबहादुर रावल र उपप्रमुखमा राजु सञ्ज्याललाई छनोट गरिएको छ ।
यस्तै चौरपाटी गाउँपालिकाको अध्यक्षमा रामबहादुर आयजी र उपाध्यक्षमा चन्द्रा रोकाया बुढा, बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा लोकबहादुर साउद र उपाध्यक्षमा विन्दु रावल, तृर्माखाद गाउपालिकाको अध्यक्षमा बमबहमखुर विसी र उपाध्यक्षमा निर्मला धमाला, ढकारी गाउँपालिकाको अध्यक्षमा धर्म शाही र उपाध्यक्षमा मायाद्वी बुढालाई छनोट गरेको छ ।
यस्तै रामारोशन गाउँपालिकाको अध्यक्षको टुंगो लाग्न बाँकी छ भने उपाध्यक्षमा लक्ष्मी धामी साउदलाई छनोट गरेको छ । मेल्लेख गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षको नाम भने टुंगो लाग्न बाँकी नै छ ।

क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्