काठमाडौंको मेयरमा तीन जना कलाकारको दावी
काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले मेयरमा उम्मेदवारी दावी पेश गर्ने भएका छन ।
आइतबारदेखि सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा र्यापर बालेन शाह र पुर्व मिस नेवा तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दावी प्रस्तुत गर्न लागेका हुन् ।
राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको मेयरका लागि पुराना कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने र्यापार शाहले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
मोडेल तथा मिस नेवा डंगोलले पनि युवाको प्रतिनिधित्व गर्दै काठमाडौंको भावी मेयरका लागि आफनो दावेदारी प्रस्तुत गर्दै आएकी छन् ।
वरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने भए पनि र्यापर शाह र मोडेल डंगोलले स्वतन्त्र उम्मेदवारी दिदैँ छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्