‘मानवअधिकारका उलंघनकर्तालाई जनप्रतिनिधि नबनाऔँ’
काठमाडौं । जवाफदेहिता निगरानी समितिले मानवअधिकारविरुद्ध कार्य गर्ने व्यक्तिलाई जनप्रतिनिधि नबनाउन र मतदान पनि नगर्न सबै मतदातालाई अपिल गरेको छ ।
समितिका संयोजक चरण प्रसाईँले आज जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकमा बढ्दै गएको गएको दण्डहीनताको अन्त्य गरी सुशासन, मानवअधिकारको सम्मान, स्वच्छ शासन प्रणाली तथा दिगो लोकतन्त्र स्थापनाका लागि मानवअधिकार उलंघनमा संलग्न रहेका जुनसुकै दलको उमेदवार भए पनि बहिस्कार गर्न मतदातालाई अपिल गरिएको छ ।
यस निर्वाचन प्रकृयामा भाग लिएका सबै राजनीतिक दल तथा जनप्रतिनिधि छान्ने हरेक मतदाताको विशेष जिम्मेवारी र संघीय लोकतान्त्रिक राजनीतिक व्यवस्थाको स्थायीत्व र प्रभावकारीताका लागि उमेदवार छनोटमा मानवअधिकार उलंघनकर्ता (अदालतबाट दोषी ठहर भएका) लाई जनप्रतिनिधि नबनाउन माग गरिएको छ ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्