काठमाडौं–१० को वडाध्यक्षमा एमालेबाट अशोक कार्कीको दाबी
काठमाडौं । यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका नेताहरु उम्मेदवारको दौडधुपमा छन् । हार या जित जे भए पनि टिकट लिएर उम्मेदवारको दाबी विभिन्न दलका नेताहरुले गरिरहेका छन् ।
यसै सन्धर्वमा काठमाडौं महानगरपालिका– १० को वडाध्यक्षमा एमालेबाट अशोक कार्कीले दाबी गरेका छन् । बानेश्वर निवासी कार्की एमाले जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज समेत हुन् । लामो समयदेखि राजनीतिमा लागेर पार्टीको सिपाहीको रुपमा सक्रिय उनले विभिन्न समाज सेवा गरेको बताए ।
नेता कार्कीले विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरि जनताकोबीचमा गएर जनताका समस्या तथा जनताले प्रयोग गर्दै आएको बाटो निर्माण गरेको बताए । उनले आगामी स्थानीय निर्वाचनमा जनताकै चाहना अनुसार सशक्त रुपमा वडाध्यक्ष पदको लागि उम्मेदवारी दिन लागेको बताए ।
चुनाव जितेपछि नेता कार्कीले पार्टीको निर्देशन जनताकहरुको माग अनुसार महत्वपूण भूमिका निभाउने बताए । साथै, उनले हाल उक्त वडामा आएका जनप्रतिनिधिबाट जनता सन्तुष्ट नभएको र आगामी नेतृत्व पनि जनताले माग गरेको दाबी गरे । उक्त वडामा अन्य दलले एमालेलाई राम्रो काम गर्नबाट पछि पारेको समेत कार्कीले आरोप लगाए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्