कामनपा ३१ मा पाँच वर्षको अवधीमा सडकको पूर्वाधार विकासमा ठुलो फड्को अरु के के ?
काठमाडौं । काठमाडौं महानगरपालिकाको ३१ नं वडाले पाँच वर्षको अवधीमा सडकको पूर्वाधार विकासमा फड्को मारेको छ । वर्षाद्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक आरसिसि ढलान, ढुंगा छपाई कार्य, ईन्टरव्लक कार्य र ढल निर्माण कार्य गरि हिलोमूक्त सडक निर्माण भएको वडाले जनाएको छ ।
वडा भित्रका सडक सुधार गर्ने कार्यसँगै वडाको मुहार फेरिन थालेको छ । वडाका मुख्य सडक नयाँ बानेश्वर। मिनभवन तिनकुनेदेखि सहायक सडकको स्तरोन्नती गर्ने काम तीव्ररुपमा भइरहेकाले हिलाम्ये र धुलाम्ये हुने वडामा अहिले धमाधम सडक र कयौँ मिटर नाली निर्माण कार्य भइरहेको छ ।
निर्वाचनको बेला जनतासँग गरेको प्रतिवद्धता अनुसारका वडाभित्रका मुख्य र सहायक सबै सडक र नाला पक्की गर्ने काम सम्पन्न भएको वडा अध्यक्ष नारायण भण्डारीले वडा स्मारिका विमोचन गर्दै बताए ।
स्मारिका विमोचन समारोहका प्रमूखअतिथि काठमाडौं महानगरपालिकाका प्रमूख विद्या सुन्दर शाक्यका अनुसार महानगरपालिकाले जनताको चाहना, आवश्यकताका आधारमा यहाँका मुख्य, सहायक सडक नाला पुनःर्निर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।
महानगरवासीले सडक क्षेत्रमा निर्माण भएका पर्खाल, घरलगायतका संरचनालाई तोडेर सडक निर्माणको काममा सहयोग गरेपछि काम गर्न सहज भएको उनले जानकारी दिए ।
पहिला योजना बनाउने, कार्यान्वयनका बाटा निश्चित गर्ने, कार्यपालिकाकामा विवादरहित ढंगले निर्णय गराएर तिब्रगतिमा मौलिकताका साथ कार्य सम्पन्न गर्ने बानीलाई गलत ढंगले व्याख्या गरिएको प्रमूख शाक्यको दुखेसो थियो ।
मिडियामा आएर प्याच्च बोलिहाल्ने, जनताको घरआँगन विगारिहाल्ने अनि पछि मुद्धा परेपछि त्यसले -त्यसले गर्न दिएन मैले त कोसिर गरेकै हो नी भनेर भाईरल बन्ने इच्छा र चाहना नहुँदाको परिणाम आफुमाथि नकारात्मक टिप्पणी रहेको दावी शाक्यको थियो ।

शालिन ढंगले जनताका काम गर्ने स्वभावका कारण वास्ताविक मतदाता जनता भने आफुसंग खुशी रहेको शाक्यले भनेका थिए । अरु त कुरै छोडौं, फोहोरको कुरा झिकेर समेत आफुमाथि राजनीति गर्न खोजिएको छ । केन्द्र सरकारले तालाचावी हातमा बोकेर मात्र हुन्न, महानगरलाई फोहोर उठाउने र फाल्ने उचित स्थानका लागि सहयोग गर्नु पर्छ ।
सुन्दर महानगर बनाउने दायित्व सबैको हो । हामीले यस बाहेक धेरै क्षेत्रमा काम गरेर सफलता हासिल गरेका छौँ उनले भने । टेकु क्षेत्रमा करिव ७ रोपनी क्षेत्रफलमा आधुनिक सवारी साधन पार्किंग निर्माणकार्य शुरु भएसँगै सहरको मूहार पनि फेरिने छ । अहिले काठमाडौं महानगरपालिकाको सबैजसो वडाका सडक पक्की भइसकेका छन् भने केही सडक स्तरोन्नती कार्य भइरहेको शाक्यको भनाई छ ।
सडक निर्माण गरेको केही समयमैँ पुनः सडक खन्न खानेपानी, ढल लगाएतका निकाय आउनाले वार्षिक १ अरब भन्दा बढी पैसा जमिनमुनि पुरिएकाले यसमा जिम्मेवार निकाय सजग हुन पर्ने तर हालसम्म सो हुन नसक्दा जनप्रतिनिधिले समेत अनावश्यक गाली खानु परेको शाक्यको आरोप छ । वडाले अघिसारेका विकास निर्माणका सबैजसो योजना समयमै सम्पन्न भएकोले गाउँपालिकामा विकासको प्रभाव देखिएको वडा सचिव सुरेश साहु श्रेष्ठले दावी गरे ।
उनका अनुसार आ.व. २०७४/७५ मा ४६, आ.व. ७५/७६ मा ४१, आ.व. ७६/७७ मा ३७, आ.व. ७७/७८ मा ३१ र आ.व.७८/७९ मा ३५ वटा आयोजना सम्पन्न भएका छन् । त्यस्तै दिर्घकालिन प्रोजेक्टहरु निर्माणधिन अवस्थामा रहेको श्रेष्ठको भनाई थियो । वडामा भौतिक पूर्वाधार मात्र नभई शिक्षा, स्वास्थ्य र खानेपानी तथा सरसफाइका क्षेत्रसमेतमा प्रभावकारीरुपमा काम भएको छ ।
वडा भित्रको बागमती कोरिडोर क्षेत्रमा रहेको अव्यवस्थित बसोबास र बर्खायाममा जनताका घरनै बाढीले डुबाउने समस्यालाई हल गर्न दिर्घकालिन योजना स्वरुप काम भईरहेको प्रदेश सांसद गणेश दुलालको भनाई छ ।
उनका अनुसार बस्तीका जनतासँग हातेमालो गर्दै कोरिडोर क्षेत्रमा डेढ किलोमिटर रिटेनिंग वाल निर्माण भईसकेको छ भने बाँकी डेढ किलिोमटरका लागि प्रदेश सरकारबाट कोरडोरनिर्माण र अन्य सडक सुधारका लागि २० करोड रकम बजेट विनियोजन गराउन सफल रहेको दुलालको भनाई छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौं महानगरपालिकाको ३१
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्