Techie IT
सोमबार, वैशाख २२,२०८२

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी र स्पेन विजयी


काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार राति विश्व महारथी राष्ट्रहरु जर्मनी र स्पेनले जित निकालेका छन् । जर्मनीले इजरायललाई २–० अन्तरले हरायो । जर्मनीको जितमा काइ हार्भट्ज र टिमो वेर्नेरले समान एक एक गोल गरे ।

२६ औँ मिनेटमा हार्भट्जले जर्मनीलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । खेलमा दुबै टोलीले पेनाल्टी सदुपयोग गर्न सकेनन् ।

अर्को खेलमा स्पेनले अल्बानियालाई २–१ अन्तरले हरायो । स्पेनको जितमा फेरान टोरेस र डानी आल्मोले एक एक गोल गरे । अल्बानियाका मेर्टो उजुनीले एक गोल फर्काए ।

७५औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ८५ औँ मिनेटमा उजुनीले गोल गर्दै खेल १–१ को स्थितिमा पुर्याए । खेलको ९०औँ मिनेटमा आल्मोले गोल गर्दै स्पेनलाई २१ को जीत दिलाए ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545