प्रचण्डको कार्यक्रम रोकेपछि अध्यक्ष गिरीमाथि प्रहार

पोखरा, ६ चैत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा खेलकदु पत्रकार मञ्च गण्डकीका नवनिर्वाचित समितिलाई पदस्थापन गराउने विषयको विरुद्धमा प्रेस चौतारी कास्की उभिएपछि अध्यक्ष अर्जुन गिरीमाथि प्रहार सुरु भएको छ ।
आइतबार बिहान नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा पदस्थापन गर्ने कार्यक्रम तय भइसकेपछि चौतारीले आफ्नो आधिकारिक असहमति शनिबार राति व्यक्त गरेको थियो । खेलकुद पत्रकार मञ्च स्वतन्त्र संस्था भएकाले पार्टीका नेताको उपस्थितिमा पदस्थापन हुनु अस्वभाविक भएको भन्दै अध्यक्ष गिरीले कार्यक्रम स्थगित गर्न अपिल गरेका थिए ।
फलतः निर्वाचन समितिले पदस्थापन स्थगित गरेको छ । तर सोही विषयमा राजनीतिकरण गर्दै पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले अध्यक्ष गिरीमाथि प्रहार थालेकी छन् ।
‘हामीले प्रकट गरेको असहमति र आपत्तिमाथि फेरि अर्को राजनीति गरिएकोमा आश्चर्य लागेको छ,’ अध्यक्ष गिरीले भने, ‘प्रचण्डलाई ल्याएर सपथ गरिन्छ भने आन्दोलनको आगो बल्छ भन्ने अर्थमा जनाएको आपत्तिको प्रतीकात्मक अर्थको अनर्थ लगाउँदै पत्रकार महासंघबाट विज्ञप्ति जारी भएकोमा पनि अनौठो लागेको छ ।
’ कडा आन्दोलन गर्ने भन्ने अर्थको प्रतीकात्मक बोलीको भावार्थ नबुझी शब्दार्थ लगाउनु दुखद रहेको गिरीले बताए । महासंघ नेतृत्व साझा बन्न नसकेकोमा उनले दुख व्यक्त गरेका छन् । अध्यक्ष गिरीले आगामी दिनमा कमजोरी नदोर्होयाउन र साझा संस्थाको साझा नेताका रुपमा अघि बढ्न सुझाव दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्