Techie IT
सोमबार, वैशाख २९,२०८२

तारकेश्वरका मेयर बोहोरा कुच्चो बोकेर नगर सरसफाई अभियानमा


काठमाडौं । तारकेश्वर नगरपालिकालाई सफा , शुन्दर र हरियाली बनाउने अभियानमा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा , प्रमुख प्रशासकीय अधिकृत शिव लम्साल , बालाजु प्रहरी प्रमुख गौतम मिश्र स्थानिय जनप्रतिनिधिहरुले मनमैजु लोकतान्त्रिक चोकको सडक बडालेर नगर सरसफाइ अभियानको शुरुवात गरेका छन । ।

प्लाष्टिकजन्य फोहोर तथा अन्य फोहोर जथाभावी फाल्दा टोल बस्ती र सडकनै दुर्गन्धित भएपछि घरदैलोमा पुगेर फोहोर संकलन गरिएको हो।

उपत्यका सरससफाई समुहको आयोजना तथा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत २५ दिने सरसफाइ अभियान तारकेश्वर नगरपालिकाबाट सुरु गरिएको बालाजु प्रहरी प्रमुख गौतम मिश्रले बताउनु भयो ।

२५ दिने सरसफाइ अभियान २०७८फाल्गुन १५ देखि शुरु भई चैत ९ गतेसम्म हुनेछ । । सरसफाइ कार्यक्रम विश्व सम्पदा सुचिमा सुचिकृत ७ स्थान र १८ नगरपालिका गरि जम्मा २५ स्थानमा भइरहेको छ ।

उपत्यका सरसफाइ अभियानका अभियानहरुमा, चक्रपथ सरसफाइ अभियानका संयोजक लोक बहादुर टण्डन, वाग्मती सरसफाइ अभियानका अभियान्ता चित्र सुनुवार, वातावरण मैत्री समाज मैतिदेवीका संयोजक राधे मिश्र, मनोहरा सरसफाइ अभियानका संयोजक चन्द्र दङ्गाल, कृर्तिपुर सरसफाइ अभियानका संयोजक शुशिला महर्जन, तारकेश्वर सरसफाइ अभियानका संयोजक केदार खत्री , बिभिन्न टोल सुधार समितका प्रतिनिधि ,स्थानिय बासीन्दाको सहभागीता रहेको थियो ।

२५ दिने सरसफाइ अभियान अन्र्तगत तारकेश्वरको बिभिन्न स्थानमा सरसफाईको कार्यक्रम संचालन हुनेछ ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #कुच्चो बोकेर नगर सरफाई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:14 am6:45 pm +0545