नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा दुइ जना पक्राउ
चितवन । नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले दुई जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खैरहनी नगरपालिका ३ घर भई हाल भरतपुर महानगरपालिका ३ बेलचोकमा डेरा गरी बस्ने २५ वर्षीया पविता घताने र राप्ती नगरपालिका ७ बस्ने २७ वर्षीया गगनलाल तामाङ रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकी घतानीले भरतपुर महानगरपालिका ३ स्थित बेलचोकमा रहेको फेन्सी पसलमा कपडा खरिद गर्न गएकी थिइन् । कपडा खरिद गरेपछि उनलेे नक्कली नोट दिएकी थिइन् । पसललाइ नक्कली नोट दिएको सूचनापछि प्रहरीले सोही सूचनाको आधारमा उनलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकी उनको साथबाट नक्कली नेपाली नोट एक हजार रुपैयाँको १० थान बरामद गरेको छ ।
त्यस्तै, प्रहरीले सोही दिन नै पक्राउ परेका अर्का तामाङ लाई सौराहाको एक होटलबाट पक्राउ गरेको छ । सौर्य दैनिकको प्रेस परिचयपत्रसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट प्रहरीले एचपी कम्पनीको ल्यापटप एक थान र एमआई कम्पनीको मोबाइल एक थान समेत बरामद गरेको छ । उनीहरुलाइ प्रहरीले माघ ०४ गते पक्राउ गरेको थियो ।
नक्कली नोट छाप्ने कार्यमा अन्यको समेत संलग्न रहेको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले उनीहरु फरार रहेको र खोजीकार्यलाई तीव्रता दिएको चितवन प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु विरुद्व मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुर (खोटा मुद्रा) मुद्दामा सम्मानित चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्