पूर्वाधार विकास र विस्तारका लागि कामपा निरन्तर लागिरहेको छ -विद्यासुन्दर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको प्रत्यक्ष सेवासँग जोडिएका आवश्यक पूर्वाधार विकास र विस्तारका लागि कामपा निरन्तर लागिरहेको बताउनुभएको छ ।
कामपा वडा नं ३ महाराजगञ्ज चोकमा निर्माण गरिएको सडक सङ्केत बत्ती सञ्चालनमा ल्याइने क्रममा प्रमुख शाक्यले उक्त धारणा राख्नुभएको हो । भूकम्पको कारण क्षति पुगेको सो सडक बत्ती रु २५ लाख खर्चमा बनाइएको हो । उक्त सडक बत्तीको रिमोट प्रमुख शाक्यले आज आयोजित कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक राजकुमार लम्साललाई हस्तान्तरण गर्नुभयो ।
“विकास व्यवस्थापनका लागि सबै अधिकार महानगरमा आइपुगिसकेको छैन कामपाको अधिकारमा आएका कार्य क्रमिक रुपमा गरिँदै आएको छ”, शाक्यले भन्नुभयो । महानगरभित्रका ठूला सडकको निर्माण, मर्मतसम्भार तथा व्यवस्थापन सडक विभागको जिम्मामा छ । तर विभागबाट यसमा पर्याप्त काम नभएपछि महानगरले काम गरेको हो । वडा नं– ३ का वडा अध्यक्ष दीपक केसीका अनुसार सो वडामा राष्ट्रियस्तरका पाँच अस्पताल छन् । पैदलयात्रु र सवारी आवागमन सहज बनाउन सडक बत्ती जडान गरिएको हो ।
महाराजगञ्जको प्रणालीबाट प्राप्त प्रभाव र आवश्यकता हेरेर वडासँगै शहरका अन्य ठूला चोकमा विस्तार गर्ने महानगरको योजना रहेको कामपा सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाको भनाइ थियो । वडा नं ३ मा महाराजगञ्ज चोक, वसुन्धरा, सामाखुशी गरी तीन ठूला सडक चोक छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कामपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्