काभ्रेस्थली कृषि सहकारी संस्था आठौं बार्षिक साधारण सम्पन्न
काठमाडौं । काभ्रेस्थली कृषि सहकारी संस्था आठौं बार्षिक साधारण सम्पन्न भएको छ ।
सभा हाम्रो भ्याली भ्यु ब्याम्बो कटेजमा सम्पन्न भएको सो साधारण सभामा प्रमुख अतिथीमा तार्केश्वर नगरपालिका सहकारी शाखा प्रमुख तिर्थ थापा मगर,शिक्षासेवी तिर्थ प्रसाद ढकाल लगायतको उपस्थीती रहेको थियो ।
सभापति तथा संस्थाका अध्यक्ष रामसुदन भण्डारी को सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा संस्थाकी सदस्य शर्मिला घिमिरेले संचालन गर्नुभएको थियो। कार्यक्रमकलाई सभापति तथा संस्थाका अध्यक्ष रामसुदन भण्डारी ,प्रमुख अतिथी तार्केश्वर नगरपालिका सहकारी शाखा प्रमुख तिर्थ थापा मगर,शिक्षासेवी तिर्थ प्रसाद ढकाल लगायतले पानसमा दिप प्रज्वलन गरी समारोहको समुद्धघाटन गर्नुभयो । कार्यक्रममा उपस्थीत अतिथीहरुले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
संस्थाका बलराम फुँयालले स्वागत मन्तव्य राख्दै कृषिको क्रान्तिले मात्र राष्ट्र समुन्नत हुने धारणा व्यक्त गर्नुभयो। संस्थाका अध्यक्ष रामसुदन भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। सेयर सदस्य र संचालक समितिले सधै मिलेर अगाडी बढ्न सुझाव दिदै सफलता र प्रगतीको कामना गर्नुभयो । कार्यक्रममा पाका शिक्षाविद तिर्थ प्रसाद ढकाल ‘गुरुबा’ र अर्का पाका व्यक्ति तिर्थ प्रसाद फुँयाललाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो।
उपस्थित अतिथीहरुले बोल्ने क्रममा अतिथि लेखक भानुभक्त ढकालले संस्थाको प्रतिवेदन पढिसके पछि आफुलाई खुशी लागेको र संस्थाको अझै प्रगति भएको हेर्न चाहेको बताउनुभयो। सर्वकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष श्री रामबाबु फुँयालले संस्थाको आठौं साधारण सभाको सफलताको शुभकामना र यस संस्थाले आफ्नो सेयर धनिसँग हातेमालो गरेर अघि बढेकोमा बधाई तथा शुभकामना दिनुभयो । मन्तव्य कै क्रममा नगर पशु सेवाका प्रतिनिधि नर बहादुर राउतले यस सहकारीको सेयर सदस्यहरुलाई सहकारीको मुल मर्म र सहकारी प्रती इमान्दार भई अगाडी बढ्न सुझाव दिनुभयो ।साथै उहाले महिला सदस्यको अधिक सहभागिता भएकोमा खुशी व्यक्त गर्नुभयो।
सहयोगी साथी बहुउद्देश्यीय संस्थाका अध्यक्ष महेन्द्र पौडेलले बोल्ने क्रममा ढुक्क भएर काभ्रेस्थली कृषि सहकारी संस्थामा शेयर लगानी गर्न अनुरोध गर्नुभयो साथै उहाँले आफू पनि संस्थाको शेयर सदस्य बन्ने प्रतिज्ञा गर्नुभयो। आफ्नो भनाई राख्ने क्रममा पञ्चकन्या प्राङ्गारिक कृषि सहकारीकी प्रतिनिधि तुलसा विडारीले महिला सहभागीता देखेर आफुलाई खुशी लागेको बताउनुभयो।
युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कर्जा असुली उपसमिति काठमाडौंका सदस्य सचिव प्रकाश फुँयालले आठौं बार्षिक साधारण सभाको शुभकामना व्यक्त गर्नुहुदै संस्थामा ८० लाख रकम निकासा भईसकेको र व्यवसाय गर्न चाहनेले लाभ लिन अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तार्केश्वर नगरपालिका सहकारी शाखा प्रमुख तिर्थ थापा मगरले सहकारीले सामुहिक हितमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले संस्थालाई प्रगतिको शुभकामना दिनुभयो ।उहाँले अनुदान खान मात्र दर्ता गर्ने सहकारीहरु सार्वजनिक गरिने बताउनुभयो।साथै मर्जर हुनुपर्ने अवस्थाका सहकारीबारे अध्ययन गरिने र समग्र सहकारीको वित्तिय अवस्थाबारे अनुगमन गरिने बताउनुभयो।
कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता तथा ऋणीहरुलाई सम्मान र नगद प्रदान गरिएको थियो ।सम्मान कार्यक्रममा लक्ष्मी अर्याल लामिछाने ,लक्ष्मीनारायण समूह,भवानी घिमिरे फुँयाल,भण्डारी गाउँ महिला समूह,गायत्री नेपाल अधिकारी ,गौतम ढकाल,बद्री प्रसाद खनाल,राधाकृष्ण महिला समूह ,कालिका महिला समूह,परिवर्तनशिल महिला समूह९थुम्की ०सम्मानित हुनुभयो।साथै,सशक्तीकरणतर्फ कमला खड्का कोइराला र उत्कृष्ट पशुपालक महिलामा जानुका अधिकारी सुवेदी सम्मानित हुनुभयो।
क्याटेगोरी : स्थानीय
ट्याग : #काभ्रेस्थली कृषि सहकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्