Techie IT
आईतबार, असार ८,२०८२

काँग्रेस महाधिवेशनः सभापतिका लागि दोस्रो चरणको मतदान सुरु


काठमाडौँ, २८ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ ।

मतदान राजधानीको भृकुटीमण्डपमा मंगलबार साढे ३ बजेदेखि मतदान सुरु भएको हो ।

सभापतिका लागि ५ जनाको उम्मेदवारी रहेकोमा कसैको पनि बहुमत नआएपछि दोस्रो चरणका निर्वाचन हुन लागेको हो ।

अब सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । प्रकाशमान सिंह, विमलेन्द्र निधि तथा कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । नेतृत्व परिवर्तनको ठूलो नारा लगाए पनि अहिले सबैले देउवालाई नै समर्थन गर्नाले पुनः नेतृत्मा देउवा नै आउने सम्भावना देखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस महाधिवेशन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Light Rain with Thunder
5:07 am7:03 pm +0545