कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदान साढे ३ बजेदेखि
मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनले सभापतिका कुनै पनि उम्मेदवारलाई ५१ प्रतिशत मत नदिएपछि नेतृत्व चयन दोस्रो चरणमा प्रवेश गर्ने निश्चित भएको छ ।
पछिल्लो मत परिणाम अनुसार शेरबहादुर देउवाले २ हजार २५८ मत पाएका छन् । त्यस्तै शेखर कोइरालाले २ हजार २५८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले २०, प्रकाशमान सिहंले ३७१ र विमलेन्द्र निधिले २४९ मत पाएका छन् ।
अब करिब २०० को हाराहारीमा मात्रै मत गणना हुन बाँकी छ ।
परिणाम अनुसार कसैले पनि पार्टी विधानअनुरुप ५१ प्रतिशत मत प्राप्त गर्ने अवस्था नरहेपछि नेतृत्व चयन अब दोस्रो चरणमा प्रवेश गर्ने निश्चित भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्