बालाजुलाई उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि
आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ ले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । समग्रमा टिम च्याम्पियन बनेको बालाजु ‘बी’ ले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।
दीलिप स्मृति तेक्वान्दो डोजाङले ३ स्वर्ण, ४ रजत र १२ कांस्य जित्दै दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको आयोजक बालाजु ‘ए’ ले ३ स्वर्ण, १ रजत र १२ कांस्य हात पा¥यो ।
बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको पुरुषमा आयोजक बालाजु ‘बी’ का सुजन लामा तथा महिलामा द गुर्खाकी प्रिस्का मगर उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई युएस वेस्ट तेक्वान्दो एसोसिएसन, अमेरिकाका इन्स्ट्रक्टर ग्रान्ड मास्टर सुधोधनमान रन्जित, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अरुण बस्नेत, आयोजक बालाजु डोजाङका प्रमुख सुरेश मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पु¥याएवापत काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा विभिन्न १६ स्पर्धामा १ सय ४० खेलाडी सहभागी थिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #तेक्वान्दो प्रतियोगिता, #बालाजु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्