कांग्रेस महाधिवेशन : काठमाडौँ–३ मा चालिसे, ४ मा सङ्गत विजयी
नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित हुनुभएको छ । आज सार्वजनिक भएको मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहनुभएका चालिसे २०५ मत प्राप्त गरी विजयी हुनुभएको हो । क्षेत्र नं ३ का निर्वाचन अधिकृत सन्तोष पण्डितका अनुसार चालिसेका निकटतम् प्रतिद्वन्द्वी काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले १५९ मत प्राप्त गर्नुभयो ।
क्षेत्रीय सचिवमा चालिसे समूहकै दीपक रिसाल र भुवन लामा निर्वाचित हुनुभएको छ । सहसचिवमा पनि सोही समूहका अमृत खड्का र सृदीप पण्डित क्षेत्री विजयी हुनुभएको छ । सदस्यमा मिश्रित परिणाम आएको छ ।यसैगरी महाधिवेशन प्रतिनिधि खुलातर्फ कुमारराज सुवेदी, कृष्णजी खड्का, छिरिङदोर्जे लामा, जगन्नाथ धिमाल, डोजाङ शेर्पा, दुर्गा बराल, नारायणबहादुर सुवेदी, परशुराम पोखरेल, रमेश अर्याल र हरिबोल भण्डारी निर्वाचित हुनुभएको छ ।
महाधिवेशन प्रतिनिधि महिला खुलातर्फ कमला नेपाली, गीता सिम्खडा, विष्णुदेवी पुडासैनी र शान्ति नेपाल निर्वाचित हुनुभएको छ । यस्तै खसआर्यतर्फ महाधिवेशन प्रतिनिधिमा जयराज भण्डारी र रामराज थापा, खसआर्य महिला महाधिवेशन प्रतिनिधिमा रेखा अर्याल र लेखकुमारी पुडासैनी, जनजाति महाधिवेशन प्रतिनिधमा डम्बरबहादुर तामाङ, देवसुन्दर बज्राचार्य र लालबहादुर लामा, जनजाति महिलातर्फ झुमा लामा र सत्यभामा श्रेष्ठ विजयी हुनुभएको छ ।
दलिततर्फ महाधिवेशन प्रतिनिधिमा विक्रम सुनार र अपाङ्ग एवं अल्पसङ्ख्यकतर्फ महाधिवेशन प्रतिनिधिमा अनिलध्वज कार्की निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पण्डितले जानकारी दिनुभयो । त्यसैगरी काठमाडौँ क्षेत्र नं ४ को सभापतिमा श्यामकृष्ण सङ्गत सर्वसम्मत चुनिनुभएको छ । उक्त क्षेत्र कांग्रेस केन्द्रीय सदस्य एवं सांसद गगन थापाको क्षेत्र हो । सभापतिबाहेक अन्य पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिका लागि भने मतदान भइरहेको निर्वाचन अधिकृत कृष्णनाथ शर्माले राससलाई जानकारी दिनुभयो । सो क्षेत्रमा कुल ३०७ मतदाता छन् ।
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
ट्याग : #कांग्रेस महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्