एमाले महानगरको ‘तुच्चा’ कार्यक्रम वसन्तपुरमा, ओलीले सम्बोधन गर्ने
काठमाडौं। नेपाल संवत् ११४२ नवबर्षको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले शनिबार शुभकामना आदानप्रदान तथा तुच्चा (चियापान) कार्यक्रम गर्दैछ। एमाले काठमाडौँ महानगर कमिटीद्वारा आयोजित सो कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। नेकपा एमाले काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाका शनिबार दिउँसो वसन्तपुर दरबार स्क्वायरमा कार्यक्रम हुनेछ।
विविध सांस्कृतिक कार्यक्रमसहित हुने कार्यक्रममा रक्तदान समेत हुनेछ। कार्यक्रमबारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं महानगर कमिटीका अध्यक्ष देउलाले कार्यक्रम तयारीको लागि काठमाडौँ महानगर कमिटीले मातहतका ३२ वटै शाखा कमिटीहरूलाई परिचालन गरेको जानकारी दिए। पत्रकार सम्मेलनमा प्रदेश सांसद तथा एमाले केन्द्रीय सदस्य नारायण सिलवालले एक भएर अघि बढ्न पार्टी पङ्तीलाई निर्देशन दिए।
एक भएर अघि बढ्नमा मात्र संगठन मजबुत हुने र आउँदो तीनै तहको चुनावमा भारी मतान्तरले जित्न सफल हुने उनको विश्लेषण थियो। यस्तै प्रदेश सांसद तथा एमाले नेता रामेश्वर फुयाँलले नेपालीहरूको मौलिक संवत्को रूपमा रहेको नेपाल संवत्लाई सरकारले राष्ट्रिय संवत्को रुपमा मान्यता दिनुपर्नेमा जोड दिए। एमालेले २३ वर्ष पहिला देखिनै नेपाल संवत् मनाउँदै आएको र नियमित कार्यक्रम गर्दै आएको जनाउँदै उनले फलस्वरूप नेपाल संवत्लाई राष्ट्रिय संवत् र नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणाका साथै हुलाक टिकट प्रकाशनसमेत भएको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा काठमाडौंमा मेयर विद्यासुन्दर शाक्यले नेपाल देशको नामबाट राखिएकाले मौलिक संवत् ‘नेपाल संवत्’ भएको उल्लेख गरे। लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म औपचारिक रुपमा चले पनि पछि छायाँमा परेको विश्लेषण गरे। नेपाल संवत्लाई नै सरकारले औपचारिक तिथि मिति मान्नुपर्ने उनले माग गरे।
नेपाल संवत्को अवसरमा एमालेको काठमाडौं जिल्ला कमिटीको नेतृत्वमा २०३५ सालदेखि कार्यक्रम हुँदै आएको छ। नपाल संवत् १११९ देखि कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाँल, निर्मल कुइँकेल, कृष्ण राई र विद्यासुन्दर शाक्यलेलगातार नेतृत्व गर्दै आएका छन्।
कार्यक्रमलाई व्यवस्थित गर्न महानगर कमिटीका अध्यक्ष निर्मल देउलालाई संयोजक तोकिएको छ। प्रचार तथा प्रकाशन उप–समितिमा न्हुछेकाजी महर्जन छन्। आर्थिक उप–समितिमा गणेश श्रेष्ठ छन्। व्यवस्थापन तथा सुरक्षा उप–समितिमा देवेन्द्र खड्गी छन्।
यस्तै स्वयंसेवक उप–समितिमा सृजना भेटवाल, खाद्य अर्थात् तुच्चा व्यवस्थापन उप–समितिमा जीवन मानन्धर छन्। सांस्कृतिक उप–समिति पूर्णकाजी ज्यापु छन् भने अतिथि सत्कार उप–समितिमा ज्ञानु महर्जन छन्। यस्तै रक्तदान उपसमितिमा नारायण पौडेल संयोजक छन्।
क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले महानगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्