नेपाली कांग्रेस संखुवासभाको सक्रियता बढ्यो: जिल्लाव्यापी प्रशिक्षणको तयारी
सभापति खड्काद्धारा जिल्लामा प्रभावकारी सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह
नेपाली काँग्रेस संखुवासभाले जिल्लाभित्रको आयोजना सम्पन्न गर्दा स्रोत साधन प्रयोग गरेवापत २५ प्रतिशत लाभांश संखुवासभाले पाउनुपर्ने माग गरेको छ । काँग्रेस संखुवासभाका सभापति एवम् पूर्वमन्त्री दिपक खड्काको सभापतित्वमा शनिबार जिल्ला सदरमुकाम खाँदबारीमा बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका ठूला तथा साना आयोजनाहरुबाट प्राप्त हुने लाभांश नियमितरूपमा जिल्लाले पाउनुपर्ने माग राखेको हो। सभापति खड्काले सबै खाले आयोजना तीव्र गतिमा अघि बढाएर सम्पन्न गर्नका लागि सम्बन्धित आयोजनालाई दवाव दिने बताउनु भएको छ ।
शनिबार काँग्रेस संखुवासभा जिल्ला कार्यसमितिद्धारा आयोजित दिपावली, नेपाल सम्मत एवम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति खड्काले सो कुराको जानकारी दिनुभयो । कार्यसमिति वैठकले सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । पार्टी संगठन सुढृढ एवम् मजबुद बनाउनका लागि जिल्लाभित्रका सम्पूर्ण स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

शनिबारै बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको जिल्ला अधिवेशनका क्रममा विभिन्न पदमा पराजित भएका तथा प्राविधिक रुपले छुट्न गएका तर पार्टी संगठनलाई आवश्यक साथै लामो समयदेखि काँग्रेसमा रहेर पार्टी संगठन विस्तारमा क्रियाशिल रहनुभएका व्यक्तिलाई जिल्ला कार्यसमितिको सदस्यमा मनोनित समेत गर्नुभएको छ ।
त्यसैगरी जिल्ला अधिवेशनमा आफैसँग प्रतिस्पर्धा गरी सभापति पदमा भारी मतान्तरले पराजित हुनुभएका पुराना काँग्रेसी नेता राईबहादुर राईलाई समेत सभापति खड्काले जिल्ला सदस्य पदमा मनोनित गरी उच्च राजनीतिक संस्कार र नैतिकता प्रदर्शन गर्नुभएको छ ।
बैठकले काँगेस संखुवासभाले विगतदेखि हालसम्म गरिएका आर्थिक क्रियाकलापलाई पारदर्शी ढङ्गले अगाडि बढाउने निर्णय सर्वसम्मत पारित गरेको छ ।
सभापति खड्काद्धारा जिल्लामा प्रभावकारी सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह
नेपाली काँग्रेस संखुवासभाका सभापति दिपक खड्काले कर्मचारीलाई सुशासन, विधिको शासन र सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न आग्रह गर्नुभएको छ ।
सभापति खड्काले आज विहान जिल्ला सदरमुकाम खाँदबारीमा नेपाल निजामती कर्मचारी युनियनका नेतृत्वसँगको छलफलमा कर्मचारीलाई आग्रह गर्नुभएको हो ।
कुनैपनि प्रशासक प्रमुखको डर धम्कीबाट कत्तिपनि विचलित नभई राष्ट्रसेवामा दत्तचित्त भएर लाग्न सबैलाई सभापति खड्काले आग्रह समेत गर्नुभयो ।

क्याटेगोरी : राजनीति, विशेष, समाचार
ट्याग : #hot, #काँग्रेस, #दिपक खड्का, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्