Techie IT
आईतबार, जेठ १७,२०८३

चक्रपथ सडक अन्तर्गत थसिखेल सातदोबाटो ट्रयाक भित्रका अस्थायी घर,टहरा हटाइने


सरोज ओझा

ललितपुर, भाद्र(२१, ललितपुर महानगरपालिका ०५ नम्बर वडा कार्यालयले रिङ् रोड भित्रका अस्थायी टहरा हटाउन प्रकृया अघि बढाएको छ । वडा कार्यालयलाई काठमाडौं चक्रपथ सुधार योजनाले गत बैशाख एक गते उक्त वडा क्षेत्र भित्रको थसिखेल, महालक्ष्मी स्थान, सातदोबाटो सर्भिस ट्रयाक अन्तर्गत चक्रपथको भित्री खन्डमा सडक केन्द्र रेखाबाट ३१ मिटर भित्र रहेका अस्थायी घर(टहरा तथा निर्माण सामाग्री हटाउन सहयोग गर्नका लागि पत्राचार भए बमोजिम कार्यालयले काम कारबाही अघि बढाएको हो ।

कारबाही प्रकृया अगाडि बढाउने सिलसिलामा कार्यालयले यस अघि नै स्थलगत निरिक्षण गरी सम्बन्धित धनीलाई मौखिक निर्देशन दिएको थियो भने हालै मात्र ७ दिने सूचना जारी गरेको छ ।

वडाका अध्यक्ष बिकासमान श्रेष्ठका अनुसार सूचना जारी गरेको ७ दिन भित्रमा सम्बन्धित धनीहरुले निर्देशनको परिपालना नगरेको अवस्थामा कानुन बमोजिम कारबाहीको प्रकृया अघि बढाइने बताए । मापदन्ड बिपरितका यस्ता सम्रचना र सामाग्रीहरु हटाउने सिलसिलामा डोजर लगाउने सम्मको तयारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #चक्रपथ सडक, #टहरा हटाइने


तपाईको कमेन्ट लेख्नुहोस्