तारकेश्वर काँग्रेस : यी हुन नगर सभापतिका आकांक्षीहरु
काठमाडौं । नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनमा नेतृत्वको लागि नेताहरुको आ – आफ्नो कसरत जारी छ ।
कोरोना भाइरसको महामारीकै बीचमा महाधिवेशन गर्न तम्सिएको काँग्रेसभित्र गाँउ , नगर , जिल्ला हुँदै केन्द्रीय सभापतिमा आकांक्षी बीचको गुटगत कसरत बाक्लो छ ।
यसै बिच काँग्रेस तारकेश्वरलाई पनि महाधिवेशनको रनक लागेसंगै नेतृत्वको लागी दैडधुप जारी छ । तारकेश्वर काँग्रेस स्रोतका अनुसार नगर सभापतिका लागि मुख्यतया ४ जनाको आकांक्षा रहेको छ । जसमा बर्तमान सभापति श्रीराम थापा , वडा अध्यक्ष मनोहरि तिवारी , कृष्णहरि महर्जन र हरि तिमिल्सिनाले नगर सभापतिको दावी गरेको काँग्रेस स्रोतको भनाई छ ।
बर्तमान सभापति श्रीराम थापा र वडा अध्यक्ष मनोहरी तिवारीले मेयरको लागी तयारी हुने बताइएको छ । बिभिन्न संचार माध्यामहरु मार्फत आफूहरु मेयरको तयारी गरीरहेको बताएका छन ।
यसै गरी क्षेत्रीय कोषाध्यक्ष कृष्णहरि मर्हजनले पनि नगर सभापतिमा दावी गरेको काँग्रेस स्रोतको भनाई छ । मनमैजु निवासी मर्हजनले बिभिन्न समाज सेवामा सक्रिय रहदै आएका छन ।
नगर सभापतिमा धर्मस्थलीका हरि तिमिल्सिनाको पनि जोडदार दावी रहेको काँग्रेस स्रोतको भनाई छ । तिमिल्सिना मानव अधिकार संगै समाज सेवामा सक्रिय छन भने तारकेश्वर नगरपालिका भित्रका कमीकमजोरीलाई निरन्तर रुपमा सचेत गराउँदै आएका छन ।
तरुणदल काठमाडौं जिल्ला प्रतिनिधिका साथै बिभिन्न समितिमा रहेर सक्रियताका साथ काम गरेका तिमिल्सिना युवाहरुको माझ पनि उतीकै लोकप्रिय छन ।
नगर सभापतिमा अन्य नेताहरुको दावी हुनसक्ने भएपनि केही नेताहरु पर्ख र हेरको अवस्थामा रहेको बताइएको छ ।
काँग्रेसको नगर अधिवेसन आउँदो साउन १६ गते हुँदै छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #काँग्रेस तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्