Techie IT
मंगलबार, वैशाख २३,२०८२

तारकेश्वरमा कोरोना संक्रमितको संख्या बढ्यो , संक्रमितको संख्या १९१४


काठमाडौं । तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारीअनुसार  कोरोना संक्रमितको संख्या १९१४ पुगेको छ ।  ८६८ महिला र १०४६ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ७३० रहेको छ । अहिलेसम्म ३७ जनाको मृत्यु भएको छ । जसमा १९ महिला र १८ पुरुष रहेका छन् । संक्रिय संक्रमितको संख्या ५३२ महिला र ६१५ पुरुष गरी ११४७ जना पुगेका छन् ।

त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ३२ जना पुगेको छ । वडा नं. २ मा १२२ जना रहेका छन् । वडा नं. ३ मा ७२ जना रहेका छन् । वडा नं. ४ मा १६५ छन् । त्यस्तै वडा नंं. ५ मा २२७ जना छन् । वडा नं. ६ मा २११ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ७ मा १७५ जनामा कोरोना संक्रमण देखिएको छ ।

वडा नं. ८ मा २६९ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ९ मा २३० जनालाई संक्रमण देखिएको छ । वडा नं. १० मा २१६ जना छन् र वडा नं. ११ मा १९५ जना सक्रिय संक्रमित रहेका छन् । तारकेश्वर नगरपालिकामा आजको डाटाअनुसार ४२ महिला र ३६ पुरुष गरी ७८ जनामा कोरोना पुष्टि भएको छ ।

साङ्ला प्राथमिक केन्द्रको आइसोलेशनमा अहिलेसम्म २९ जना भर्ना भएर उपचार गराइरहेका छन् । जसमा १८ जना डिस्चार्ज भएर घर गएका छन् भने ३ जनालाई रेफर गरिएको छ । २४ घण्टामा ० जना कोरोना संक्रमित बिरामी थपिएका छन् ।

अहिलेसम्म तारकेश्वरमा १६६६ जनाको एन्टिजेन टेष्ट गर्दा ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १०५ जनाको एन्टिजेन टेष्ट गर्दा १५ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै तारकेश्वरमा १०७९ जना होम आइसोलेसनमा रहेका छन् भने ६८ जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वरमा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:18 am6:41 pm +0545