Techie IT
बुधबार, जेठ १३,२०८३

तारकेश्वरमा कोभिड विरुद्धको खोप अभियान सुरु , यि दुई स्थानबाट लगाउन सकिने


काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना भाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान सुरु भएको छ ।

नगर स्वास्थ्य निरिक्षक बिनोद कुमार शाहका अनुसार  तारकेश्वर नगरपालिका वडा नं. ८ मा रहेको मनमैजु स्वास्थ्य चौकी र वडा नं. ६ मा रहेको धर्मस्थली स्वास्थ्य चौकी खोप केन्द्रमा बिहाज १० बजेबाट खोप अभियान सुरु भएको हो ।

 

चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेसंगै तारकेश्वरमा पनि जेठ २५ गतेदेखी २९ गतेसम्म ६० वर्ष देखि ६४ वर्ष उमेरसम्मका वृद्धवृद्धाहरुलाई खोप अभियान संचालित हुने बताइएको छ ।

 

 

 

 


क्याटेगोरी : स्थानीय
ट्याग : #कोभिड विरुद्धको खोप


तपाईको कमेन्ट लेख्नुहोस्