टोखामा योग– स्वास्थ्य र जीवन शैली सम्बन्धी १४ दिने तालिमको शुरुवात
सीता पौडेल (अर्चना)
काठमाडौं।काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १०ले योग– स्वास्थ्य र जीवन शैली सम्बन्धी १४ दिने तालिमको शुरुवात गरेको छ ।वडाले बुधबार सामखुशीमा अवस्थित ‘अष्टबक्र योग साधना एण्ड रिसर्च सेन्टर’ सँगको सहकार्यमा दुई हप्ते सो तालिमको औपचारिक शुरुवात गरेको हो ।
दिनको ३ घाण्टाका दरले प्रयोगात्क र सैदान्तिक गरि १४ दिनसम्म दूई चरणमा सञ्चालन गरिने सो तालिममा कोरोनाको संक्रमणको जोखिमलाई मध्येनजर गदै स्वास्थ्यका मापदण्डको पूर्णरुपमा पालना गरिने योग केन्द्रका अध्यक्ष युक्त गिरीले बताए । उनका अनुसार सो तालिममा प्रशिक्षण विभागका योग गुरुहरु उषास्नेहा गिरी ,सुवर्णलाल चित्रकार ,युक्त गिरी ,डा. आनन्द गैरे लगायतका योग गुरुहरुद्धारा प्रशिक्षण दिइने छ ।

सो तालिमको शुभारभ कार्यक्रमलाई सम्बोधन गदै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले मानिस शारीरिक तथा मानसिक रुपमा स्वस्थ र तन्दुरुस्त रहनको लागि योग तथा साधनाले महत्वपूर्णं भूमिका निर्वाह गर्ने बताए ।
त्यस्तै कार्यक्रममा सोही वडाका वडाअध्यक्ष मधुसुदन पाण्डेले योग र साधनाले मानिसमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने हुँदा अहिलेको अवस्थामा योग र स्वस्थ जीवन शैलीको आवश्यक्ता औल्याए ।
यसैगरि कार्यक्रममा योग गुरु सुवर्णलाल चित्रकारले स्वस्थ जीवनको लागि योग र साधनाको निकै ठुलो महत्व रहेको हुँदा यसलाई सहि गुरुको साथमा सहि प्रशिक्षण लिएर मात्र आफ्नो जीवनमा लागू गर्नु पर्ने बताए ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##‘अष्टबक्र योग साधना एण्ड रिसर्च सेन्टर’, ##१४ दिने तालिम, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्