लोकतान्त्रिक चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले आज खुल्ला रक्तदान कार्यक्रम गरेको छ । तारकेश्वर १० को लोकतान्त्रिक चोकमा भएको कार्यक्रममा ५० भन्दा बढि रक्तदाताले रक्तदान गरेका थिए । आज बिहान २ घण्टा प्रचार गरेर दिउँसो कार्यक्रम गरिएको नवीन नगर उपभोक्ता तथा टोल विकास समितिका वरिष्ठ उपाध्यक्ष हरिदक्त तिमिल्सिनाले बताउनुभयो ।
रक्तदान कार्यक्रममा हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरले रगत संकलन कार्य गरेको थियो । आजको कार्यक्रमको प्रमुख अतिथि तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहोरा र विशेष अतिथि उपप्रमुख भवानी डोटेल धिताल कार्यव्यस्तताको कारण उपस्थित हुन नसकेको बुझिएको छ ।
रक्तदाताहरुलाई बाँडिएको प्रमाणपत्रमा भने प्रमुख अतिथि, विशेष अतिथि र कार्यक्रम आयोजकको हस्ताक्षरसहितको प्रमाणपत्र वितरण गरिएको थियो ।
तारकेश्वर ९ मा नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले स्थापना कालदेखि नै प्रत्येक वर्ष चैत महिनामा मानवसेवा अन्तर्गत रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । अघिल्लो वर्ष कोरोना महामारीमा पनि रक्तदान कार्यक्रम गरेको थियो ।
आजको कार्यक्रममा संस्थाका सल्लाहकार शिवहरि लामिछानेले रक्तदाता संकलनमा सक्रियतापूर्वक खटिएकोमा संस्थाका अध्यक्ष रामशरण न्यौपानेले धन्यवाद दिएका छन् । त्यस्तै कार्यक्रममा सफल पार्न लागि पर्ने कार्यसमितिको टिम र टोलबासीलाई पनि धन्यवाद प्रकट गरेका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : #रक्तदान कार्यक्रम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्