लोकतान्त्रिक चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले आज खुल्ला रक्तदान कार्यक्रम गरेको छ । तारकेश्वर १० को लोकतान्त्रिक चोकमा भएको कार्यक्रममा ५० भन्दा बढि रक्तदाताले रक्तदान गरेका थिए । आज बिहान २ घण्टा प्रचार गरेर दिउँसो कार्यक्रम गरिएको नवीन नगर उपभोक्ता तथा टोल विकास समितिका वरिष्ठ उपाध्यक्ष हरिदक्त तिमिल्सिनाले बताउनुभयो ।
रक्तदान कार्यक्रममा हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरले रगत संकलन कार्य गरेको थियो । आजको कार्यक्रमको प्रमुख अतिथि तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहोरा र विशेष अतिथि उपप्रमुख भवानी डोटेल धिताल कार्यव्यस्तताको कारण उपस्थित हुन नसकेको बुझिएको छ ।
रक्तदाताहरुलाई बाँडिएको प्रमाणपत्रमा भने प्रमुख अतिथि, विशेष अतिथि र कार्यक्रम आयोजकको हस्ताक्षरसहितको प्रमाणपत्र वितरण गरिएको थियो ।
तारकेश्वर ९ मा नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले स्थापना कालदेखि नै प्रत्येक वर्ष चैत महिनामा मानवसेवा अन्तर्गत रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । अघिल्लो वर्ष कोरोना महामारीमा पनि रक्तदान कार्यक्रम गरेको थियो ।
आजको कार्यक्रममा संस्थाका सल्लाहकार शिवहरि लामिछानेले रक्तदाता संकलनमा सक्रियतापूर्वक खटिएकोमा संस्थाका अध्यक्ष रामशरण न्यौपानेले धन्यवाद दिएका छन् । त्यस्तै कार्यक्रममा सफल पार्न लागि पर्ने कार्यसमितिको टिम र टोलबासीलाई पनि धन्यवाद प्रकट गरेका छन् ।







क्याटेगोरी : स्थानीय
ट्याग : #रक्तदान कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्