वार्तापछि मन अमिलो पादै निस्किए माधव कुमार नेपाल यथास्थितिमै रहने धारणा व्यक्त
सीता पौडेल ,काठमाडौं। वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँगको वार्ताको सुरुवात राम्रो भएको तर वार्ताको अन्त्य टर्राे भएकोले मन अमिलो भएको भाव व्यक्त गरेका छन् ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा एमालेका दुई समूहका शीर्ष नेताहरुबीच वार्ता भएको थियो ।।सोही वार्तापश्चात उनले यस्तो भाव व्यक्त गरेका हुन ।
ओलीसँगको वार्तापछि पत्रकारहरुसँग प्रतिक्रिया दिदैं नेता नेपालले भने, ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो ।
२८ गते अध्यक्ष ओलीले आफ्नो समूह राखेर गरेको निर्णय खारेज गर्नु हाम्रो थप माग हो । त्यसैमा कुरा मिलेन । ’ उनले थपे ।
सर्वोच्च अदालतले गरेको फैसलाअनुसार पार्टीको संरचना, पादधिकारी र सदस्य जुन अवस्थामा थियो, त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने नेपाल पक्षको भनाइ छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : ##माधव कुमार नेपाल, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्