प्रधानमन्त्री स्वयम् मन्त्रीहरुको अनुगमनमा, मन्त्रालयबीच समन्वयको अभाव
काठमाडौँ । प्रधानमन्त्री कार्यालय र मन्त्रालयबीच समन्वयको अभावले प्रधानमन्त्री स्वयम् मन्त्रीहरुको अनुगमन थालेका छन् । ओली सरकारका मन्त्रीहरू विवादमा आएकै कारणले प्रधानमन्त्री र मन्त्रीबीचमा विश्वासको वातावरणको दूरी बढ्दै गएको जानकारहरु बताएका छन ।
प्रधानमन्त्री कार्यालय र मन्त्रालयबीच समन्वयको अभाव देखिएका समाचार आइरहेको बेला मन्त्रीहरूमाथि भएको निगरानीले तनाव बढाउन सक्ने मन्त्रीहरूको भनाइ छ ।
बङ्गलादेशमा पढ्न जाने छात्राका विषयमा एउटा विवादास्पद अभिव्यक्ति दिएर कानुन मन्त्री शेरबहादुर तामाङको राजीनामा आएको एक साता नवित्दै प्रधानमन्त्रीले अन्य मन्त्रीको काममाथि निगरानी थालेको समाचार प्रकाशमा आएको हो ।
समाचारमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको भनाइ छ, ‘मन्त्रिपरिषदमा सबै मन्त्रीहरू जिम्मेवार हुनुहुन्छ, उहाँहरूलाई जिम्मेवार बनाइएको छ । जिम्मेवार नभए तपाईंहरू पछि थाहा पाउनुहुन्छ । अहिले उहाँहरूले गरेका कामको अनुगमन भइरहेको छ ।’
अधिकांश मन्त्रीले प्रधानमन्त्री कार्यालयमा फोन गरे र समाचारको सत्यता पुष्टि गर्न चाहे तर मन्त्रीहरूले गरेको फोनमा चाहिँ प्रधानमन्त्री केपी ओलीको टिमका सदस्यले पत्रिकाले आफ्नो ढङ्गले समाचार लेखेको भनेर जवाफ दिए ।
‘प्रधानमन्त्रीले चार पाँच महिनाको यो अवधिमा एक पटक पनि मन्त्रीलाई बोलाएर के कस्तो भएको छ भनेर छलफल नै गरेका छैनन् । प्रधानमन्त्री कार्यालयले कुनै पनि विषयमा अहिलेसम्म सम्बन्धित मत्रालयका मन्त्रीसँग वान टु वान छलफल पनि गरेका छैनन ।’ एक मन्त्रीले नाम नलेख्ने शर्तमा भने ।
यसले प्रधानमन्त्रीको सरकारको निरिहता देखाउँछ । स्वयम् प्रधानमन्त्रीलाई असफलप बनाउँछ । सबै काम प्रधानमन्त्रीले गर्ने हो भने सबै मन्त्री हटाएर सचिवबाट सरकार चलाए हुन्छ । प्रधानमन्त्री त्यसो गर्न चाहेको हो भने मन्त्रीहरू सबैले स्वेछिक रूपमा राजीनामा दिन्छन् ।’
मन्त्रीहरुले यो बिषयमा अनौपचारीक रुपमा असँतुष्टी जनाएका छन ।
‘त्यसो हो भने प्रधानमन्त्रीको कार्यशैलीको निगरानी कसले गर्ने ?’ ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीको एकलौटी स्वभावले मन्त्रीहरूलाई नै
काम गर्न सजिलो भएको छैन । प्रधानमन्त्रीले त सबै मन्त्रीहरूसँग समन्वय गर्नुपर्ने हो । उल्टो र्याङ्किङ गरेर निरुत्साहित गर्ने काम भयो ।’
ओली सरकारका मन्त्रीहरूको विवाद ।
सिंहदरवारबाट रुँदै बाहिरिए कानुन मन्त्री ।
खेलकुद मन्त्रीको भाइरल फोटो ।
मन्त्री रघुवीर महासेठका यस्ता ५ विवाद
सगरमाथाको पानी विदेश पुर्राउने खानेपानी मन्त्रीको योजना
पर्यटनमन्त्री रवीन्द्र अधिकारीका ४ महिनाका ५ विवाद
ओली सरकारका मन्त्रीबीच नै मनमुटाव
गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीबीच बिवाद
मेडिकल शिक्षामा लगामपछि कृषि तथा बन शिक्षामा ‘माफिया’ को यस्तो चलखेल
मन्त्रालयले गरेको प्रगति, मन्त्री–सचिवले मन्त्रालयमा दिएको समय– कार्यप्रगति, मन्त्रीको स्वकीय सचिवालयको भूमिका र सचिवालयका बारेमा आएका गुनासा तथा मन्त्रीको जिल्ला भ्रमण सङ्ख्या र सहभागी भएको कार्यक्रमको स्तर हेरेर प्रधानमन्त्रीले मन्त्रीहरूको अनुगमन गरेको बताइएको छ । सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्