काठमाडौं महानगरपलिकाले तोक्यो १४ वटा अस्पतालमा खोप केन्द्र ( हेर्नहोस् सूचिसहित )
काठमाडौं । काठमाडौं महानगरपलिकाले महानगरपालिका ३२ वटा वडाकमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपका लागि महानगरभित्रका १४ वटा अस्पतालहरुमा खोप केन्द्र तोकेको छ ।
सरकारको दोस्रो चरणको खोप अभियान कार्यक्रम अन्तगर्त महानगरले यो खोप अभियानको शुरुवाति चरणमा ३ वटा वर्गलाई लक्षित समुहमा राखेको हो । जसअन्तर्गत ५५ वर्षभन्दा माथिका उमेरसमुहका बृद्धबृदाहरु ,महाविद्यालयका प्राध्यापकहरु ,शिक्षक तथा कर्मचारीहरु र सार्वजनिक यातायातका चालक तथा सह–चालकहरु रहेको महानगरलको शहरी स्वास्थ्य तथा खाद्य विभागले जनाएको छ ।
सो खोप कार्यक्रम यहि फाल्गुन २३ गतेदेखि २८ गतेसम्म तोकिएका सोहि अस्पतालहरुमा सञ्चालन हुने वडा नम्बर १६ र २६को खोप अधियानमा व्यवस्थापकको जिम्मेवारी पाएका ध्रुव श्रेष्ठले साझापानालाई जानकारी दिए । खोप लगाउने लक्षित समुहले आफ्नो परिचय खुल्ले कागजातसँगै विहान १० बजेदेखी बलुका ४ बजेभित्र सम्बन्धिित अस्पतालहरुमा जानु पर्ने व्यवस्थापक श्रेष्ठले बताएका छन् । उनका अनुसार खोप समयअवधि र लक्षित वर्ग थप्दै जाने सरकारको योजना समेत रहेको छ ।

क्याटेगोरी : स्थानीय
ट्याग : ##कोभिड–१९विरुद्धको खोप केन्द्र, #काठमाडौं महानगरपलिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्