काठमाडौं क्षेत्र नं ४ को नेकपा (ओली पक्ष ) कमाण्डमा निर्मल कुइकेल

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ४ मा ओली पक्षको संयोजनको कमाण्ड नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्लाका पुर्व अध्यक्ष निर्मल कुईकेलले सम्हालेका छन।
काठमाडौं जिल्लाको बामपन्थी राजनीतिमा परिचित नाम निर्मल कुईकेल २०७० शालको संविधान सभाको निर्वाचन र २०७४ शालको प्रदेस सभा निर्वाचनमा उम्मेदवार रहेका थिए।
काठमाडौं जिल्लाको नेतृत्वमा रहेर लामो समय देखि सक्रिय रहेका कुईकेल काठमाडौं क्षेत्र नं ४ मा कुशल संगठक र कार्यकर्ता विच लोकप्रिय नेताका रुपमा परिचित रहेका छन।
ताजा जनादेशका लागि जनताको माझमा जाने प्रधानमन्त्रीको निर्णयको समर्थन गर्दै त्यसका लागि पुस १६ गते २ बजे चावहिल स्थित ए वन पार्टी प्यालेसमा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको जानकारी दिदै उपस्थितिका लागि अनुरोध गरेका छन।
उक्त भेलालाई नेपाल कम्युनिस्ट पार्टीका नेता टोप बहादुर रायमाझी ,कृष्ण गोपाल श्रेष्ठ ,डा.राजन भट्टराई ,काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य लगायतले सम्बोधन गर्ने आयोजकले जानकारी दिएको छ।
क्याटेगोरी : राजनीति
ट्याग : #निर्मल कुइकेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्