काठमाडौं क्षेत्र नं ४ को नेकपा (ओली पक्ष ) कमाण्डमा निर्मल कुइकेल
नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ४ मा ओली पक्षको संयोजनको कमाण्ड नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्लाका पुर्व अध्यक्ष निर्मल कुईकेलले सम्हालेका छन।
काठमाडौं जिल्लाको बामपन्थी राजनीतिमा परिचित नाम निर्मल कुईकेल २०७० शालको संविधान सभाको निर्वाचन र २०७४ शालको प्रदेस सभा निर्वाचनमा उम्मेदवार रहेका थिए।
काठमाडौं जिल्लाको नेतृत्वमा रहेर लामो समय देखि सक्रिय रहेका कुईकेल काठमाडौं क्षेत्र नं ४ मा कुशल संगठक र कार्यकर्ता विच लोकप्रिय नेताका रुपमा परिचित रहेका छन।
ताजा जनादेशका लागि जनताको माझमा जाने प्रधानमन्त्रीको निर्णयको समर्थन गर्दै त्यसका लागि पुस १६ गते २ बजे चावहिल स्थित ए वन पार्टी प्यालेसमा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको जानकारी दिदै उपस्थितिका लागि अनुरोध गरेका छन।
उक्त भेलालाई नेपाल कम्युनिस्ट पार्टीका नेता टोप बहादुर रायमाझी ,कृष्ण गोपाल श्रेष्ठ ,डा.राजन भट्टराई ,काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य लगायतले सम्बोधन गर्ने आयोजकले जानकारी दिएको छ।
क्याटेगोरी : राजनीति
ट्याग : #निर्मल कुइकेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्