Techie IT
आईतबार, वैशाख २१,२०८२

डा केसीलाई लिन हेलिकोप्टर पठाइयो


बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले आज बिहान हेलिकोप्टर पठाएको छ ।

उहाँको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले आज बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव खगराज बरालको टोली उहाँलाई लिन गएको छ । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।

गएराति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीसहितको बैठकले केसीको स्वास्थ्य खराब हुँदै गएकाले काठमाडौँ ल्याउने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

उहाँले चिकित्सा शिक्षा विधेयकबारे प्रतिनिधिसभाले प्रक्रियागतरुपमा निर्णय गर्ने जनाउनुभयो । बाँकी विषय चिकित्सा शिक्षा आयोगले टुंगो लगाउने उहाँले बताउनुभयो ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गोविन्द केसी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545