सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने कांग्रेसको निर्णय
काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसले आगामी २९ गते सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
विशेषगरी दुई दिनअघि भएको तनहुँ घटना र सरकारको कामकारबाहीको विषयलाई लिएर कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।
तनहुँ जिल्लामा बुधबार सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात, सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनताविरुद्ध प्रदर्शन गर्न लागेको कांग्रेसले जनाएको छ ।
यस्तै कांग्रेसले अविलम्ब संसद बैठक बोलाउन पनि सरकारसँग माग गरेको छ । राष्ट्रिय रूपमा उठेका जिवन्त प्रश्नहरूसँगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएको कांग्रेसको भनाइ छ ।
बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्वर्धन नेपाली कांग्रेसकै ऐतिहासिक अभिभारा रहेकोे भन्दै कांग्रेसले शुक्रबार प्रदर्शन गर्ने निर्णय गरेको स्पष्ट पारेको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #काँग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्