नेकपाको सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघिको बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ ।
मंसिर १३ गतेको बैठकमा प्रस्तुत प्रस्तावको अध्ययन गरी आवश्यक छलफल तथा गृहकार्य समेत गरेर आज बस्ने बैठकमा छलफल हुने बताइएको छ ।
यसअघिको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुहुँदै कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको प्रस्ताव अस्वीकार गर्दै फिर्ता लिन आग्रह गर्नुभएको थियो । बैठक आज १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने कार्यक्रम छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपाको सचिवालय बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्