ओली सरकारको विकल्प छैन : मन्त्री अर्याल

स्याङ्जा, १४ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छिन् ।
पार्टीभित्र वहस तथा छलफल हुनु स्वाभाविक भएको बताउँदै उनले वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने र त्यसका लागि प्रधानमन्त्री ओलीको विकल्प नभएको उनको भनाइ छ ।
आज आइतबार स्याङ्जाको वालिङ–१२ स्थित छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास गर्दै मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्यमाथि प्रश्न उठिरहेको भए पनि अहिले ओली सरकारको विकल्प नरहेको दाबी गरेकी हुन् ।
‘नेकपाभित्रको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भन्ने प्रश्नहरू उठेका छन् । यसमा कुनै द्विविधा छैन । ओली सरकारको विकल्प पनि छैन’, मन्त्री अर्यालले भनिन्, ‘‘पार्टीभित्र बहस घनिभूत रूपमा चल्छ तर, पार्टी फुट्ने कुरा हुँदैन् । दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सदस्यहरूको तहमा प्रतिवेदन पुगेको छ । बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै सम्भावना छैन् ।’
वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने भन्दै मन्त्री अर्यालले ओली सरकारले नै देशलाई परिर्वतन गर्ने दिशामा अगाडि बढाको दाबी गरेकी छिन् । कम्युनिष्ट पार्टी एक गतिशिल पार्टी भएकाले छलफल र विवाद स्वाभाविक भएको उनको तर्क छ । ‘तातोपानीले घर जल्दैन’, उनले भनिन्, ‘जनताको चाहनाले दुई ठूला पार्टी एक भएकाले जनता पार्टी फुटोस् भन्ने चाहँदैनन् । जनता कम्युनिष्ट सरकारको विकास अनुभुत गरिरहेका छन् । यही सरकारको निरन्तरता जनताको पनि चाहाना हो ।’
सरकारले सन् २०३० सम्म दीगो विकास लक्ष्य हाँसिल गर्ने उद्देश्यका साथ जनताको आधारभूत आवश्यकता पूरा गर्न अगाडि बढेको मन्त्री अर्यालको भनाइ छ । जनताको आधारभूत आवश्यकता स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आवश्यकतालाई परिपूर्ति गर्न विभिन्न योजनाका साथ अगाडि बढेको उनले बताइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पद्मा अर्याल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्