नुवाकोट–काठमाडौं जोड्ने सुरुङमार्ग, चीनले २७ अर्बमा बनाइदिने
राधेश्याम तिमलसिना ( पुकार )
टोखा-छहरे सुरुङमार्ग निर्माणकालागि एक दर्जनभन्दा बढी चिनियाँ कम्पनीले प्रस्ताव गरेका छन्।सरकारले सुरुङमार्ग कस्तो मोडलमा बनाउने भन्ने टुङगो नलगाउँदै सुरुङमार्ग निर्माण गर्न चिनियाँ एक दर्जनभन्दा बढी कम्पनी इच्छुक देखिएका हुन्।
सडक विभाग अन्तर्गतको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले अनुसार यो सुरुङमार्ग निर्माणका लागि इच्छा राख्ने चिनियाँ कम्पनीहरु बढिरहेको जानकारी दिए। उनले सुरुङमार्ग कुन मोडलमा बनाउने भन्ने निर्णय सरकारको हातमा रहेको समेत बताएका छन्।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकभर निर्माण गरिने विभिन्न ७ वटा सुरुङमार्ग मध्ये सबैभन्दा तयारी अबस्थामा रहेको योजनाको रूपमा टोखा–छहरे सुरुङमार्ग भएको सडक विभागले जानकारी दिएको छ ।
चिनियाँ कम्पनी (सीएमईसी)ले काठमाडौैंबाट नुवाकोट प्रवेश गर्ने सुरुङमार्गदेखि सडक पनि निर्माण गर्ने गरी प्रस्ताव गरेको उल्लेख छ । यो प्रस्तावमा चार किलोमिटर सुरुङसहितको ३४ किलोमिटर सडक निर्माण गरिदिने उल्लेख छ । चिनियाँ कम्पनीले आवश्यक लागतको ऋण बार्षिक दुई प्रतिशत व्याजदरमै उपलब्ध गराउने गरी प्रस्ताव आएको विभागको भनाइ छ ।
चिनियाँ सहयोगमै काठमाडौंदेखि नुवाकोट छहरे जोड्ने सुरुङमार्ग निर्माण गर्ने विषयलाई पनि सडक विभागले प्राथमकिताका साथ अगाडि सारेका र चिनियाँ पक्षले आवश्यक चासो देखाएर अगाडि बढेको जानकारी पनि विभागले दिएको छ ।
यो सुुरुङमार्ग बनाउँन यस अघि नै एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले संम्भाव्यता अध्ययन गरिसकेको छ । अध्ययनबाट यो क्षेत्रमा सुरुङमार्ग निर्माण सम्भव रहेको पनि उल्लेख छ । यो सुरुङमार्ग निर्माण गर्न भौतिक मन्त्रालयले टोखा–गुर्जेभञ्ज्याङ सडक खण्डहमा सुरुङमार्गको आर्थिक एवं प्राविधिक संभाव्यता अध्ययन गर्न पाँच वर्षे रणनीतिमा उल्लेख गरेको छ ।
चिनियाँ प्राथमिकतामा रसुवागढी नाका
चीन सरकारले नेपाल जोड्ने नाकामध्ये रसुवागढी नाकालार्इ प्राथमिकतामा राखेको छ। भुकम्पले क्षति पुर्याएर तातोपानी नाका बन्द भएपछि यो नाका सञ्चालनमा आएको हो।
विज्ञहरुका अनुसार चीन सरकारले यो नाकालार्इ अन्तराष्ट्रियस्तरको बनाउन चाहेको छ। नेपाल चीन जोड्ने केरुङ-काठमाडौं रेल परियोजना निर्माणका लागि चीन सरकारले नेपालसँग प्रस्ताव माग्नुले पनि यो नाका चीनको प्राथमिकतामा रहेको प्रष्ट हुन्छ। चीन सरकारको अनुदानमा रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण प्रकिया अघि बढिसकेको छ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नुवाकोट छहरे, #सुरुङमार्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्