ग्लोरी मिडियाद्वारा प्रकाशित खेल जीत मनोविज्ञान सार्वजनिक
काठमाडौं, ०३ कार्तिक । ग्लोरी मिडियाद्वारा प्रकाशित पुस्तक खेल जीत मनोविज्ञान विमोचन गरिएको छ । डि एन घिसिङको लेखन तथा सरोज ओझाको भाषा सम्पादन रहेको उक्त पुस्तक सोमबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विमोचन गरेका हुन ।
राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रम माझ पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले उक्त पुस्तकले नेपालको खेल क्षेत्रलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री विश्वकर्माले आधुनिक खेलकुदमा मनोविज्ञान सम्बन्धी ज्ञानको बढदो आवश्यकता महशुश गरिएको परिप्रेक्ष्यमा खेल जीत मनोविज्ञान पुस्तकले समाजलाई गतिशिल बनाउने धारणा राखे । पुस्तकका लेखक डिएन घिसिङले खेल क्षेत्रमा मनोविज्ञानको प्रभाव उच्च रहने बताउदै यसको उचित प्रयोगले खेलाडीलाई प्रतिस्पर्धामा जीत हासिल गर्न सघाउँ पुग्ने दाबी गर्दै खेल जीत मनोविज्ञान पुस्तकले नेपालको खेल क्षेत्रलाई अघि बढाउनेमा आफु आशावादी रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव रमेश सिलवाल लगायतको उपस्थिती रहेको थियो ।
उक्त पुस्तकले खेलकुदसँगसंगै स्वास्थ्य र शिक्षाका लागि पनि महत्वपूर्ण योगदान पुग्ने दाबी पेश गर्दै पुस्तकको सारलाई अंगिकार गर्न सकेको खण्डमा हर खेलाडी सफल बन्ने पुस्तकका भाषा सम्पादक तथा प्रकाशक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताएका छन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #खेल जीत मनोविज्ञान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्