संविधान संशोधनका लागि राजपाले सरकारलाई दबाब दिने
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने भएको छ ।
राजपा अध्यक्ष मण्डलको आज बसेको बैठकले संविधान संशोधनका लागि सरकारलाई दबाबस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गर्ने निर्णय गरेको बुझिएको छ ।
यद्यपि, संविधान संशोधनबारे सरकारको ध्यानाकर्षणबारे आज छलफल भएपनि टुंगो नलागेको र भोलि सोमबार पुनः बस्ने अध्यक्ष मण्डलको बैठकले निर्णय गर्ने राजपा अध्यक्षमण्डलका सदस्य अनिल झाले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “संविधान संशोधनको विषयमा छलफल भयो तर भोलि विमान संसदीय दलको बैठक बस्ने र लगत्तै अध्यक्षमण्डलको बैठकबाट निर्णय हुनसक्छ ।”
अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले पनि संशोधनको विषयबारे भोलिको बैठकले निर्णय लिने बताउनुभयो ।
सरकारलाई समर्थन गरेको राजपाले समर्थन फिर्ता लिने या नलिनेबारे अनिर्णित छ । संविधान संशोधनको विषयको स्पष्टतापछि मात्रै राजपाले निर्णय लिने नेताहरुले बताएका छन् ।
बैठकले पछिल्लो संसदीय काम कारबाहीको समीक्षा गर्न सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।
त्यसैगरी, राजपाले पार्टीको भ्रातृ संगठनहरुको नामाकरण गर्ने निर्णय गरेको छ । अध्यक्ष मण्डलका सदस्य अनिल झाका अनुसार भार्टीका सबै जनवर्गीय संगठनको अगाडि राष्ट्रिय र पछाडि संघ राखिनेछ ।
बैठकले प्रदेश २ मा सरकार सञ्चालनका लागि समन्वय गर्न समिति गठन गर्ने पनि निर्णय गरेको छ । संघीय समाजवादी फोरमसँग समन्वय गरेर चाँडै समिति गठन गरिने नेता झाले बताउनुभयो । प्रदेश २ को नीति आयोगलाई पनि चाँडै पूर्णता दिने राजपाले उल्लेख गरेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #राजपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्