नुवाकोटमा थप ९ जना व्यक्तिमा कोरोना संक्रमण
नुवाकोटमा पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुमा विदुर नगरपालिकाका ३० र ६५ वर्षिया २ महिला, २०, २४, २८,३० र ३६ वर्षका ५ पुरुष तथा तारकेश्वर गाउँपालिकाका २७ बर्षका एक पुरुष र ४० वर्षिया एक महिला रहेका छन् ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार यससंगै नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ४१ पुगेको छ । जसमध्ये एकसय ८ पुरुष र ३३ महिला रहेका छन् ।
२४ घण्टामा नुवाकोटका दुई संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । जसमा विदुर नगरपालिकाका ३३ वर्षिय पुरुष र पन्चकन्या गाउँपालिकाका २७ वर्षिय महिला हुन् । यससँगै नुवाकोटमा कोरोना निको भएर घर जानेहरुको संख्या एकसय १८ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #corona update, #nuwakot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्