मन्त्री गुरुङले अनलाइन शिक्षण सिकाई व्यवस्थित बनाउन जोड
काठमाडौँ, २७ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनलाईन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।
मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल दूव्र्यसनी’मा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।
उनले त्यसका लागि आवश्यक ऐन, कानुन र निर्देशिका बनाउन सरकार प्रतिवद्ध रहेका उल्लेख गर्दै आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे।
५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले शनिबार आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोना भाईरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन पनि शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई आग्रह गर्नु भयो ।
मन्त्री गुरुङले कोभिड १९ को बहानामा विद्यार्थीहरुको एउटा शैक्षिक सत्र खेर जान दिन नहुनेतर्फ समेत सचेत गराए । उनले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरकार कसैले पनि कोभिडको बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने पनि स्पष्ट पारे
क्याटेगोरी : समाचार
ट्याग : #पार्वत गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्