ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह इ बाट ब्राजिल समूह विजेता र स्वीट्जरल्यान्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित गर्दै समूह विजेता बनेको हो । अर्को खेलमा भने स्वीट्जरल्यान्ड कोष्टारिकासँग बराबरीमा रोकिएपनि नकआउट चरणमा प्रवेश गरेको हो ।
ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा थिएगो शिल्भा र पौलिन्होले गोल गरे । ब्राजिलले सर्बियामाथि खेलको ३६औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । ब्राजिललाई अग्रता दिलाउने क्रममा पौलिन्होले खेलको ३६औं मिनेटमा गोल गरे । उनको गोलमा ब्राजिलले अग्रता बनाएसँगै सर्बियाले पहिलो हाफमा दबाबमा खेलेको थियो ।
पहिलो हाफमा १–० गोलले पछि परेको सर्बियाले दोस्रो हाफमा थप १ गोल खाएको थियो । खेलको ६८औं मिनेटमा गोल गर्दै ब्राजिलले सर्बियामाथि २–० गोलको अग्रता बनाएको थियो । ब्राजिलका लागि थिएगो शिल्भाले हेडर गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । यसअघि सर्बियाले एकपछि अर्को प्रहार गरेपनि गोल गर्न भने सकेको थिएन । बाँकी समयमा गोल हुन नसकेपछि ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको हो । ब्राजिलले ३ खेलमध्ये २ खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बटुलेर समूह विजेता बनेको हो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #ब्राजिल समूह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्