रुस विश्वकप:पहिलोपटक गोलरहित बराबरीमा रोकियो खेल
फ्रान्स र डेनमार्कको खेल गोलरहित बराबरीमा सकिएको छ । मंगलबार भएको खेलमा फ्रान्स र डेनमार्क दुबैले गोल हान्न सकेनन् । तर, दुबै टिम नकआउट चरणमा प्रवेश गर्ने भाग्यमानी बनेका छन् । योसँगै उनीहरु यसविश्वकपमा गोलरहित बराबरीमा रोकिने पहिलो टोली बनेका छन्। यस विश्वकपमा यसअघि भएका ३६ खेलहरु गोरहित बराबरीमा टुंगिएको थिएन्। चालू विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो ।
बराबरीपछि फ्रान्स समूह सीको विजेता बनेको छ भने डेनमार्क समूहको उपविजेता बनेको छ । फ्रान्स र डेनमार्कको विश्वकपको इतिहासमा यो तेस्रो भिडन्त हो । सन् १९९८ मा फ्रान्सले डेनमार्कलाई हराएको थियो । त्यसको चार बर्षपछि अर्थात सन् २००२ मा डेनमार्कले बदला लिएको थियो । अब फ्रान्सले समूह डीको उपविजेतासँग भिड्ने छ भने डेनमार्कको सामना समूह डीको विजेतासँग हुनेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #रुस विश्वकप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्