ठमेलमा देशकै ठूलो एलईडी पर्दामा निशुल्क विश्वकप हेर्न पाइने
काठमाडौं । के तपाईं ठूलो पर्दामा निशुल्क विश्वकप फुटबल हेर्दै खाना र खाजाको मज्जा लिन चाहनुहुन्छ रु यदि त्यस्तो चाहनुभएको छ भने तपाईंको चाहना पूरा गर्दैछ, काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा रहेको छायाँ कम्प्लेक्स र ओजी लञ्जले ।
विश्वकप सुरु भएदेखि नै ठमेलको नरसिंह चोकस्थित कम्प्लेस र लञ्जले यो स्किम ल्याएको हो । विशेष छुटमा खाना तथा खाजा खाँदै सुरक्षित वातावरणमा विश्वकप हेर्न पाइने भएकाले यहाँ दर्शकहरुको उल्लेख्य उपस्थिति रहँदै आएको छ । करिब ३ हजार दर्शकले एकैचोटि यहाँ विश्वकप हेर्दै रमाइलो गर्न सक्नेछन् ।
रमणीय वातावरण र प्रशस्त पार्किङको व्यवस्था भएकाले पनि यहाँ विश्वकप फुटबल हेर्न सहज छ । उपस्थितहरुमध्येबाट दैनिकरुपमा गिफ्ट ह्याम्पर र जर्सीको व्यवस्था गरिएको सञ्चालन दिनेश श्रेष्ठले जानकारी दिए ।
यो स्किम विश्वकप खेल अवधिभर सञ्चालन हुनेछ । विश्वकपको फाइटल खेल हेर्न आउने दर्शकमध्येलाई लक्की ड्रमार्फत् स्कुटर उपहार प्रदान गरिने सञ्चालकले जनाएका छन् ।
यहाँ प्रदर्शन हुने एलईडी पर्दा नेपालभरकै सबैभन्दा ठूलो भएको सञ्चालको दाबी छ । यहाँ ठमेलका अरु होटल रेष्टुरेन्टमा भन्दा सस्तोमा गुणस्तरीय खानपानको व्यवस्था छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #एलईडी पर्दा, #विश्वकप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्