बुढानिलकण्ठ नगरपालिकामा तिन जनामा कोरोना संक्रमण
२२ साउन, काठमाडौं । काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा तिन जनामा कोरोना संक्रमण पुस्टि भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का दुई जना र वडा नं २ का एक जनामा कोरोना संक्रमण देखिएको हो । वडा नं ७ मा ४२ र ६६ वर्षीय महिला र वडा नं २ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।
केहि दिन पहिले गरेको पिसिआर परिक्षणमा एक व्यक्तिमा कोरोना देखिएपछि बलम्बुमा रहेका परिवारका सदस्यहरुको परिक्षण गर्दा उनका सासु तथा श्रीमतीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा बुढानिलकण्ठ प्रमुख कुमार दाहालले जानकारी दिएका छन।
नेपाल सरकारको नीति अनुसार उनीहरुलाई नगरपालिकाको स्वास्थ्य कर्मीको निगरानीमा सेल्फ होम आइसोलेसनमा राखिएको र वडा नं २ का पुरुष गंगालाल अस्पतालमा कार्यरत रहेकोले सोहि अस्पतालमा राखिएको दाहालले जानकारी दिएका छन ।
उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको तुरुन्त स्वाव संकलन गर्ने बताउदै प्रमुख दाहालले सचेत रहन बुढानिलकण्ठ नगरवासीमा अनुरोध गरेका छन।
क्याटेगोरी : समाचार
ट्याग : #बुढानिलकण्ठ नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्