राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सुत्केरी भत्ता वितरण शुरु
तुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले कात्तिक १ गतेदेखि सुत्केरी भत्ता वितरण गर्न शुरु गरेको छ । सरकारले केही समय अघि बजेट निकासा नगर्दा सुत्केरी भत्ता रोकिएको थियो तर पछिल्लो पटक बजेट निकासा भएपछि भत्ता वितरण गर्न शुरु गरिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए ।
पहिलो दिन प्रतिष्ठानबाट सेवा लिएकी लमही निवासी प्रेक्षा न्यौपानेलाई भत्ता वितरण गरिएको हो । प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेल, अस्पताल निर्देशक हाडजोर्नी विशेषज्ञ डा सागर पन्थीले संयुक्तरुपमा सुत्केरी भत्ता वितरण गर्नुभएको हो ।
आमा र बच्चाको स्वास्थ्य सुधारका लागि सुत्केरी भत्ता दिने गरिएको छ । स्वास्थ्य मन्त्रालयबाट रु दुई करोड बजेट निकासा भएपछि प्रत्येक सुत्केरीलाई रु एक हजार ८०० भत्ता वितरण गर्ने गरिएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्