बालेनलाई सोध्नैपर्ने प्रश्न
यादव देवकोटा
चिनियाँ दूतावासले नयाँ वर्षको कार्यक्रम गर्न काठमाडौं महानगरसँग स्थान माग्दा पदीय मर्यादा र कुटनीतिक सीमा बिपरित बालेनले चिनियाँ दूतावासलाई किन लल्कारेको होला भनेर आश्चर्य लागेकै थियो ।
कतै बालेन चीन विरोधी शक्ति केन्द्रद्वारा परिचालित पो हुन् कि भन्ने शंका भएपनि त्यो आशंकाको हदमा मात्रै सिमित थियो । यूथ काउन्सिलको कन्स्पिरेसी भएपनि त्यसलाई जोड्ने डटहरु कसैले सार्वजनिक गरेको अवस्था थिएन ।
अहिले बालेनको सार्वजनिक पात्रको रुपमा जेनजी आन्दोलन हाइज्याक गरेर अघि सारिएका सुदन गुरुङको संस्था हामी नेपालले तिब्बतियन रेफ्यूजी फण्डबाट सहयोग लिएको र बालेन/सुदनले अघि सारेको सुशीला कार्की प्रधानमन्त्री बन्नासाथ आजसम्म कसैले नपाएको कथित तिब्बती सरकार र तिब्बति प्रधानमन्त्रीको शुभकामना प्राप्त हुनु आश्चर्यजनक छ ।
सबैलाई थाहै छ, दलाई लामा र फ्रि तिब्बत मुभमेन्टलाई कसको ब्याक अप छ ।
अब यो डटहरु जोडौं त यूथ काउन्सिलदेखि, चिनियाँ दूतावासलाई लल्कार्ने हुँदै फ्री तिब्बत मुभमेन्टद्वारा फण्डेड बालेनको पब्लिक कमाण्डर र दलाई लामाको शुभकामनासम्म ।
यो कन्स्पिरेसी मात्रै हो कि एउटा देश सिध्याउने परिचालित पोट्रेट पनि हो ?
अघिल्लो दिनको आन्दोलन मेरो होइन, म आउन मिल्दैन भन्नेले देशलाई खरानीको थुप्रोमा परिणत गरेपछि आफैं सत्ताको स्केच लिएर संसद विघटन र सेनासँग वार्ताको रोडम्याप सार्वजनिक गर्छ र प्रमाणित गर्छ – आन्दोलन उसको थिएन, वितण्डा उसको थियो ।
अघिल्लो दिन जेनजीको आन्दोलनमा पानी बाँड्ने स्वयंसेवक बनेर गएको पात्रलाई भोलिपल्ट वितण्डा मच्चाएर देशलाई खरानीको थुप्रोमा परिणत गरेपछि जेनजीको प्रतिनिधि बनाएर अघि सारिन्छ र सैनिक नेतृत्वसँग वार्ता गर्न पठाइन्छ ।
सिंहदरबार जलाउनुपर्छ भन्ने भाष्यको आगो मानिसको दिमागमा सल्काएको पात्र आफुले सल्काएको हिस्टेरियाको सिकार भएकाहरुले साँच्चै नै सिंहदरबार जलाएपछि एक ट्यांकर पानीसम्म सिंहदरबारमा नखन्याइ सदन विघटन र सेनासँग वार्ताको रोडम्याप सार्वजनिक गर्छ । यदि आन्दोलन उसको थिएन भने सत्ताको रोडम्याप सार्वजनिक गर्ने ऊ को हो ?
कसबाट परिचालित रोडम्याप थियो त्यो ?
क्याटेगोरी : विचार/बहस
ट्याग : #hot, #बालेनलाई सोध्नैपर्ने प्रश्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्