“तिमी छाल म बगर “
“तिमी छाल म बगर “
तिम्रा जस्तै छन् मेरा चाहना
तिम्रा जस्तै छन् मेरा वेदना
तिम्रा जस्तै छन् आकांक्षा
अनि संगालेका उमंग
उस्तै छन् बनावट र रहर
तर तिमी छाल म बगर ।।
तिम्रा याद जतन गरेर राखेको छु
आफुबाट टाढा फालेको छैन ।
मन् त छ नि उज्यालोमा बस्न
तर तिम्रो तस्बिर बालेको छैन।
सम्हालेर राखेको छु मैले त
मुटुको ढुकढुकिमा तिमीलाई
तिम्ले झै क्षणिक अङ्गालेको होइन ।।
भावना एउटै थियो हाम्रो
सपना झन् रंगिन थिए हिजो
आज तिमीले ती सपनालाई
ब्ल्याक एन्ड व्हाईट बनायौ
र त हिजोको त्यो रंगिन सपना
आज तिमीलाई फिक्का लाग्यो
छालले जति चुमेपनि हेर यहाँ
बगर त तृप्त हुन नसक्दोरहेछ
पर्खाइमा कुर्दाकुदै यो जिन्दगी
प्रिय एक्लै एकदिन जानु नै छ
फरक यति हो माया भो जहर
तर तिमी छाल म बगर ।।
क्याटेगोरी : विचार/बहस
ट्याग : #तिमी छाल म बगर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्