शान्ती दीपका रचना, केही साइनोहरु–
काठमाडौं ।
– अलपत्र बचेरो
भोकले रोयो, करायो
चारो हुने खानेले पायो ।
– ढकमक्क कुसुम
गन्धरहित सहर
मुस्कुराएको छ प्रकृति ।
– उडिरहेछन् पंक्षी
प्रफुल्लित भो हृदय
स्वतन्त्रताको आभास ।
– जताततै छ छुट्टी
प्रकृतिको कस्तो जुक्ति ?
दूषित जनबाट मुक्ति ।
– धनीमा शक्ति रास
पाइहाल्ने यात्रा पास
निर्धो जति पौवाको बास ।
– आहा ! सुन्दर बोक्रो !
गिदी डढी शून्य रैछ,
न्यायको तराजु ढल्कियो ।
– टुट्यो आमाको मन,
बिल्लिबाठ परिवार
न्याय पाएनन् सन्तानले ।
–चुहाए राल धेरै,
छाती पोल्छ, मन जल्छ
पर्दाभित्र पो रमाइलो ।
– जन्मभूमिको माया
भिख माग्दै सिमानामा
निर्दयी समयले रोक्यो ।
– मान्छेमा छैन चैन,
दौड्छन् मेसो मिलाउन
डुब्छन् स्वार्थको सागरमा ।
– अदृश्य शक्ति तिम्रो
आकुलव्याकुल विश्व
तहसनहस जिन्दगी ।
…………
काठमाडौं –१६,
एराहिटि
क्याटेगोरी : विचार/बहस
ट्याग : #साइनोहरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्