स्वरहिन मान्छेहरु
सरिता सापकोटा
स्वरहिन मान्छेहरु,,
गोधुलि मै
एकहुल मान्छेहरु आउछन,
मरणासान्न पार्छन् बुद्धलाई नै
देख्नेहरु अन्धा भएछन्
सुन्नेहरु पनि वैरा रे
बोल्लान जस्ता मान्छेहरु
लाटा पो परेछन्
लौन के बयान दिने हो अदालतमा
को बोल्देलान घाइते बुद्धको पक्षमा सोचिरहेथ्ये ,
अचानक बाघले झम्टियो
एक भेडालाई कराए सारा भेडाहरु एकै स्वरमा
सम्पूर्ण भडाहरु कराएकोमा अचम्मित भए म
र सोधे आमालाई एउटालाई झम्टदैमा
सारा भेडाहरु कराएका किन आमा र
आमा मौनता र उदासिनतालाई भङ्ग गर्दै भन्छिन
आफू खुशि वलि नै चढ्न परोस भोक लागोस् रोग लागोस्
अन्याय र उत्पिडनलाई किमार्थ सहन सक्दैनन्, कराउँछन र चिच्याउछन
पशुहरु,,किनकि हेर नानी
यि मान्छेहरु जस्ता कुटिल अबसरवादि
अनि स्वरहिन
हुदैनन् पशुहरु,,,
क्याटेगोरी : विचार/बहस
ट्याग : #स्वरहिन मान्छेहरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्