सम्भावित खाद्यसंकट समाधान गर्नका लागि खाद्यका लागि कृषि अभियानको तर्फबाट कृषि तथा पशुपञ्छी विकास मन्त्रीलाई ध्यानाकर्षण पत्र
माननीय मन्त्रीज्यू
कोभिड १९ को विश्वव्यापी विस्तार र यसले सबैतहका मानव समुदायमा सृजना गरेको महामारीको भय, तत्काल खानेकुरा र अन्य दैनिकीमा देखिएका समस्याहरु निकै त्रासदीपूर्ण छन् । हामी अहिले सम्भावित मानव संकटको सङ्घारमा छौ । औद्योगिक मुलुकहरुले यो महामारीबाट उत्पन्न परिस्थितिको सामना गर्न अनुमान गरेको प्रारम्भिक खर्चको आकडाले मात्र पनि हामीलाई अत्याउँछ । यस्तो संकटको सबैभन्दा ठूलो प्रभाव खानेकुरा र स्थानीय खेतिपातिमा परेको छ ।
यस्ता विपत्तिको सबैभन्दा महत्वपूर्ण सुरक्षाकवच भनेको खानेकुरा नै हो । यसले पोषण, उर्जा र प्रतिरोधक क्षमता बढाउँछ । यसको व्यवस्था गर्न चुक्नु भनेको हाम्रो आफ्नै बिचल्ली बढाउँदै जानु हो । कोरोनाको विश्वव्यापी विस्तारले आजै देखि भविष्यका लागि खानेकुराको जोहो गर्न हामीलाई झक्झक्याएको छ । कृषिक्षेत्रलाई तत्कालीन दुष्प्रभावबाट जोगाउँदै भविष्यका लागि सपार्र्न हामी सबैका सार्थक प्रयत्नहरु महत्वपूणर््ा छन् । यसको दीर्घकालीन र दिगो प्रणालीको मार्गचित्र बनाउर्दै खानेकुराको बन्दोबस्त गर्न जुट्नु परेको छ ।
अहिले हामीसग खाद्यसामग्रीको पर्याप्त मौज्दात छैन र वितरण र पहुँचमा पनि समस्या छ । खाद्य आयातबाट देश थलिएका कारण हामी अहिले खाद्यान्नका लागि आयातमा भर परेका छौ । आयातित खाद्यान्नकोे समेत अभाव बढ्न थालेसगै महंगी ह्वात्तै बढेको छ । मौसमी र छोटो उत्पादन चक्र भएका खाद्यवस्तुमा स्थानीय बजार र वितरण प्रणाली प्रभावकारी नहुँदा तत्काल एकातिर किसानका उपज नबिक्ने र अर्कोतिर आम मानिसले खान नपाउने समस्या समेत बल्झेको छ । यसले मध्यवर्गीय जनसमुदायको पोषणको स्तर पनि घटाउँदै छ । हाम्रा सामाजिक र राजनैतिक व्यवहारले छेउ पर्न बाध्य जनसमुदाय झनै अप्ठेरोमा परेका छन् । यस्ता समुदायमा मुख्यतः गा्रमीण भेगका खेतिपातिका ज्यालादार श्रमिक, किसानी गर्ने महिला, बालबालिका, दलित, जनजाति, सडकमा रहेका मानिस, शहरिया दैनिक ज्यालादार मजदुर, साना व्यापारी र उद्यमीहरु छन् । आफ््नो रोजगारी र आम्दानी गुमाउन बाध्य यी समुदायको खाद्यसंकट बिकराल बन्दै छ ।
भारत लयायतका देशले केही समय खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउने सम्भावना समेतको ख्याल गर्दै खानेकुराको स्थानीय तहमै जोहो गर्न आवश्यक छ । मौज्दातको वितरण प्रभावकारी बनाउन र निकट भविष्यका लागि खाद्यान्न्को उपलब्धता कायम राख्न संक्रमणकालीन र दीर्घकालिन रणनीतिहरु आवश्यक भएका छन् । यसमा व्यग्रताले बढि रसायनको प्रयोग गरेर माटो र मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने सम्भामना पनि छ ।
हामी तपाई र तपाई मार्पmतसरकारको गम्भीर ध्यानाकर्षण गराउँदै यसलाई तत्कालै संबोधन गर्ने पहल गर्न माग गर्दछौ । यहाँलाई सरकारका तर्पmबाट आम नेपालीलाई आजको खानेकुरा र भविष्यको खेतीपातिबारे आश्वत पार्न र देशको आसन्न खाद्यसङ्कट सामना गर्न माटो र मानिसको स्वास्थ्यमा प्रतिकूल असर नपर्नेगरी हरकिसिमले हरकिसिमका खाद्यान्न उत्पादन गर्ने काममा प्रदेश, स्थानीय सरकारहरु, किसान, विद्यार्थी एवम् राजनैतिक दलका कार्यकर्ता सहित जनसमुदायलाई सरीक हुन आह्वान गर्दे सार्वजनिक एक अपील जारी गर्न समेत अनुरोध गर्दछौ ।
उद्धव अधिकारी
संयोजक,
खाद्यका लागि कृषि अभियान
क्याटेगोरी : विचार/बहस
ट्याग : #उद्धव अधिकारी, #खाद्यका लागि कृषि अभियान, #खाद्यसंकट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्